0
गोल्डेन न्यूज संवाददाता
पोखरामा सबैभन्दा ठूलो सपिङ्ग सेन्टरको रुपमा बहुप्रचारित पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेडमल व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन पुगेको छ । ट्रेडमलको व्यवस्थापकीय जिम्मेवारी लिएका १÷२ जनाको गैरजिम्मेवारीपनका कारण ट्रेडमलमा चर्को भाडा तिरेर व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरु आन्दोलनमा उत्रिए पछि ट्रेडमल बन्द हुन पुगेको हो । संचालनमा आएको १ वर्ष पनि नपुग्दै त्यहाँ रहेका व्यवसायीहरुलाई वेवास्ता गर्ने र उनीहरुको समस्या समाधानमा कुनै चासो नदिएपछि व्यवसायीहरु आन्दोलित भएका हुन् । व्यवसायीहरुले यसपटक सामान्य विषय पार्किङ शुल्कको विषयलाई आफ्नो मागको रुपमा उठाएका थिए । पोखराका अन्य ठूला सुपर मार्केट भाटभटेनी र सेलवेजले आफ्ना व्यवसायी तथा ग्राहकहरुका लागि पार्किङ शुल्क लिंदैन तर केही महिना अघिमात्र त्र संचालनमा आएको पोखरा ट्रेडमलले व्यवसायी र ग्राहकबाट चर्को पार्किङ शुल्क अशुल्न थालेपछि व्यवसायीहरुले ग्राहकबाट पार्किङ शुल्क अशुल नगर्न व्यवस्थापनसंग माग गरेको थिए । एक साता अघि उनीहरुले मौखिक रुपमा गरेको मागलाई ट्रेडमलको व्यवस्थापकीय जिम्मेवारी लिएका विन्दुकुमार थापा र मिनराज काफ्ले लगायतले वेवास्ता गरेपछि चारदिन अघि सबै व्यवसायीले हस्ताक्षर संकलन गरि पुनः लिखित माग उनीहरु समक्ष पेश गरेका थिए । यसै विषयलाई लिएर आइतबार बिहान वैठक बसेको भएपनि व्यवस्थापनले अन्य कुरा गरि व्यवसायीका मागलाई चासो नदिएपछि सोमबार बिहान करिब ११ बजेबाट नै ट्रेडमल भित्रका सम्पूर्ण पसल बन्द हुन पुगेका थिए ।  ट्रेडमल व्यवस्थापनले आप्mनो लाभका लागि मात्र पार्किङ शुल्क अशुल्ने निर्णय गरेपछि यस सम्बन्धमा व्यवसायीहरु असन्तुष्ट भएको भन्दै गोल्डेन न्यूज दैनिकले यसअघि नै समाचार प्रकाशन गरेको थियो । व्यवसायीहरुले पार्किङ शुल्कको विषयमात्र नभएर विद्युत पिउने पानी, ग्राहकका लागि मनोरञ्जन र आराम गर्ने स्थान जस्ता समस्या व्यवस्थान समक्ष राख्दै आएको भएपनि यसपटक आफूहरुले पार्किङको विषयलाई मात्र प्राथमिकता दिएको व्यवसायी चन्द्र गुरुङले गोल्डेन न्यूज दैनिकलाई बताए । सोमबार पसल बन्द गरेपछि जम्मा भएका ३ सय बढी व्यवसायीहरुले आफ्नो मागलाई वेवास्ता गरिए अनिश्चितकालिन पसल बन्द गर्ने चेतावनी दिएका छन् । व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएको र व्यवस्थापन पक्षका सबै जना ट्रेडमलको कार्यालयमा बसेको भएपनि उनीहरुको बीचमा दिनभर कुनै संवाद हुन सकेन । जसका कारण व्यवसायीहरुले आन्दोलनलाई निरन्तरता दिने र मंगलबार पत्रकार सम्मेलन गर्ने बताएका छन् । यता, मल व्यवस्थापनले भने पार्किङलाई पहिलाको भन्दा बढी व्यवस्थित गरिएको दावी गरेको छ । पार्किङलाई व्यवस्थित गर्ने क्रममा केही शुल्क लिनु परेको ट्रेडमलका संचालकमध्येका सन्तोष घिमिरेले बताए । ‘पार्किङ निःशुल्क गर्दा मलमा आउने ग्राहकले भन्दा बढी अन्य व्यक्तिहरुले पार्किङ गरेको पाइएकाले पार्किङ शुल्क लिन थालिएको बताए । पोखरा ट्रेड मलका आक्रोशित एक व्यवसायीले गोल्डेन न्यूज दैनिकसंग प्रश्न गर्दै भने–‘ट्रेडमल व्यवस्थापन समूहका अध्यक्ष विन्दुकुमार थापा र प्रवन्ध निर्देशक मिनराज काफ्ले पोखराका व्यवसायी तथा उद्योगीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघका जिम्मेवार व्यक्ति हुन् । उनीहरुले व्यवसायीका यति साना समस्यामा त ध्यान दिंदैनन् भने अन्य विषयमा के ध्यान देलान् र उद्योगी व्यवसायीले उनीहरुबाट के अपेक्षा गर्ने ?’ ट्रेडमलको व्यवस्थापनले व्यवसायीहरुलाई सुविधा दिनुभन्दा रकम अशुल्ने विषयमामात्र ध्यान दिन थालेपछि तेस्रो तलाका सटरहरु समेत खाली नै छन् । संचालक घिमिरेका अनुसार तेस्रो तलामा करिब ७० सटर अझैसम्म भाडामा गएका छैनन भने त्यस भन्दा माथिका तलाको सबैजसो सटर खाली छन् । तेस्रो तला भन्दा माथिका सटरलाई स्टोर र कार्यालयका लागि छुट्याइएको उनले बताए । 





Post a Comment

 
Top