0
गोल्डेन न्यूज संवाददाता
महासंघ गठनमा सक्रियताका साथ लागेका पोखरा र नारायणगढको कपडा व्यवसायी एशोसिएशनले विभिन्न जिल्लाका आफ्नो संगठन विस्तार अभियान शुरु गरेको छ । केही साता अघि यी दुवै संस्थाबीच पोखरामा भएको मैत्रीपूर्ण भेटघाटका क्रममा कपडा व्यवसायी महासंघ स्थापना गर्नका लागि विभिन्न जिल्लामा संगठन विस्तार गर्ने निर्णय भएको थियो । यसैक्रममा कपडा व्यवसायी एशोसिएशन पोखराको पहलमा पर्वत र बाग्लुङ जिल्लामा संगठन विस्तार भएको छ । गत बुधबार पर्वत र बाग्लुङमा एक भेला आयोजना गरि संगठन विस्तार भएको हो । बाग्लुङमा यसअघि नै संगठन स्थापना भएपनि निष्क्रिय अवस्थामा थियो । बुधबार आयोजित एक भेलाले बाग्लुङ कपडा व्यवसायी एशोसिएशनको अध्यक्षमा भोजराज रेग्मीलाई चयन गरेको छ । संस्थाको निवर्तमान अध्यक्षमा हरि सुवेदी, प्रथम उपाध्यक्षमा  चन्द्रकान्त पौडेल, द्वितीय उपाध्यक्षमा नरबहादुर केसी, सचिवमा रामचन्द्र शर्मा, सह–सचिवमा डिबी कार्की र कोषाध्यक्षमा सुदन कृष्ण श्रेष्ठ चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा गोविन्द सुवेदी, शोभा कुमार पौडेल, जीवनाथ गौतम, सुमन प्रधान, लक्ष्मी बोहरा, कृष्ण कुमार श्रेष्ठ, हरेन्द्र शाह बानियाँ, रविन्द्र कुमार श्रेष्ठ रहेका छन् भने वरिष्ठ सल्लाहकारमा वासुदेव पौडेल र सल्लाहकारमा युगेन्द्र ओझा, पूर्णराज रेग्मी, उमानाथ गौतम, नविनकुमार श्रेष्ठ र कानूनी सल्लाहकारमा गोविन्द प्रसाद बम चयन भएको बताइन्छ । यसैगरी पर्वत कपडा व्यवसायी एशोसिएशनको अध्यक्षमा रमेश शर्मा लामिछाने चयन भएका छन् । समितिको उपाध्यक्षमा खड्कप्रसाद खनाल, सचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा माया गिरी चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा दुर्गादेवी सुवेदी, शिव आचार्य, रामकृष्ण सार्की, नारायण कुँवर र शैलेन्द्र कर्माचार्य चयन भएका छन् । समितिको सल्लाहकारमा होम नारायण श्रेष्ठ चयन भएको बताइन्छ । संगठन विस्तारका लागि कपडा व्यवसायी एशोसिएशन पोखराका अध्यक्ष यामनाथ तिमिल्सिनाको नेतृत्वमा एक टोली पर्वत र बाग्लुङ पुगेको थियो । टोलीमा निवर्तमान अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष विष्णु प्रसाद तिमिल्सिना, महासचिव नविन नापित, कोषाध्यक्ष जीवन प्रकाश श्रेष्ठ र सदस्यहरु ममता गुरुङ, लेखनाथ पौडेल, रामेश्वर अधिकारी, अनिल सिग्देल, शेरबहादुर राना र सत्यनारायण खेतान सहभागी थिए ।







Post a Comment

 
Top