0
गोल्डेन न्यूज संवाददाता
कस्मेटिक व्यवसायी संघ, कास्कीले आफ्ना सदस्यहरुलाई नेतृत्व, क्षमता र दक्षता अभिवृद्धिका लागि गोष्ठीको आयोजना ग¥यो । गोष्ठीमा आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछानेले कर, लेखा र भ्याटका विषयमा प्रशिक्षण दिएका थिए । साथै उनले सानो पसल सञ्चालनको दर्तादेखि खारेजी सम्मका सबै विषयवस्तुमाथि प्रकाश पारेका थिए ।यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले नेतृत्वकला र वतृत्वकलाका सम्वन्धमा प्रशिक्षण दिएकी थिईन् । संघमा आवद्ध ४९ जना सहभागी गोष्ठीको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रशिक्षक तथा प्रमुख अतिथि कर अधिकृत लामिछानेले आफ्नो व्यवसायको हिसाव–किताव आफ्नै राख्न सक्षम हुनुपर्नेमा जोड दिए । साथै उनले करसम्वन्धी केहि समस्या भएमा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए । गोष्ठीका संयोजक तथा संघकी सदस्य दुर्गा बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव उमापति ढकालले गरेका थिए भने संघका उपाध्यक्ष जगदिश प्रसाद अधिकारीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।






Post a Comment

 
Top