0
कलर्स मोबाइलले एक्स फ्याक्टर प्राइड सिरिज अन्तर्गत प्राइड पि ८० स्मार्टफोन बजारमा ल्याएको छ । प्राईड सिरिजले प्रारम्भिक तहको बजेटका स्मार्टफोन लाई कायमै राख्दै पहिलो पटक स्मार्ट फोन चलाउन खोज्ने ग्राहकहरुलाई लक्षित गरी बनाइको र यसमा अन्य एण्ड्रोइड फोनमा जस्तै समान विशेषताहरु रहेको कम्पनीले जनाएको छ । सुलभ मुल्यमा असाधारण विशेषताहरु भएको पि ८० प्राईड सिरिजमा भएको अहिले सम्मको ठुलो र उत्कृष्ट फोन भएको दावी कम्पनीको रहेको छ । कलर्स एक्स फ्याक्टर प्राइड पि ८० मा ५ इन्चको ठूलो एचडि आइपिएस स्क्रिन, लामो समय सम्मचल्नको लागि ३ हजार दुई सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ । साथै यसमा १ जिबी ¥याम प्लस १६ जिबी रोमको अझ ठूलो मेमोरी छ जुन ३२ जिबीसम्म बढाउन सकिन्छ । पि ८०मा  सर्वोत्कृष्ट परिणामका लागि १.३ गेगाहर्ज क्वाड कोर प्रोसेसर एवं पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगा पिक्सलक्षमताको क्यामरा जडित छन ।  पि ८० को बजार मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले जानकारी दिए । रुयो सिरिजका साथ हामीबार फोन प्रयोगकर्ताहरुको स्तरोन्नति गर्दै स्मार्ट फोन प्रयोग गर्न मात्र जोड दिने नभई कम मुल्यमा स्मार्टफोनको व्यापक प्रयोगमा जोड दिन चाहन्छौं । रुकलर्स मोबाइलका बजार प्रबन्धक राजजँग थापाले भने ।











Post a Comment

 
Top