0
गोल्डेन न्यूज संवाददाता
कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीको उमेर कति होला ? १६, १७ वा १८ वर्ष ? तर, स्याङजाको स्याङ्जा, फेदीखोला–१ खड्केटारी को एक विद्यायलमा ६८ वर्षीय एक वृद्धा कक्षा १० मा अध्ययन गर्दै आएको छन् । खड्केटारीमा रहेको कालाभैरव उच्च माविको कक्षा १० मा दुर्गाबहादुर विकले अध्ययन गर्दै आएका छन् । स्याङ्जा फेदीखोला–३ देउराली घर भएका विक कक्षा ६ बाट सो विद्यालयमा पढ्दै आएका छन् । ‘सानो उमेर छदा परिवारको आर्थिक स्थिति कमजोर थियो,’ विकले भने,–‘त्यसै कारण पढ्ने इच्छा पुरा हुन सकेन ।’ ६ जना सन्तानका बाबु तथा ८ जनाका हजुरबा बनि सेकका विकले भने वुद्धि पनि पस्यो घन्टी पनि बस्यो भने जस्तै भएको बताए । गरिवीका कारण पढ्न नपाएको भन्दै आखाँ भरि आसुँ बनाए । उनले दलित र पिछडिएका समुदायलाई पनि पे्ररणा दिन पढ्न थालेको बताए । शिरमा ढाकाटोपी, विद्यालय पोसाक, टाइमा फुलेका दाह्री पालेका विक एक हातमा छाता र अर्को हातले लौरो टेकेर विद्यालय आउने गरेका छन् । उनी आधा घण्टाको बाटो हिडेर विद्यालय आउने गर्दछन् । ‘बुढेसकालमा नातिनातिना उमेरकासँग कसरी पढ्न जानु भनेर सुरुमा लाज लाग्यो’, उनले पढ्न जाने बेलाको वेलिविस्तार लगाउँदै भने–‘जसरी पनि अक्षर नचिनी भएकै छैन भन्ने सोचेर लुरुलुरु स्कुल जान थालेँ । श्रीमती बितेपछि एक्लै बस्दै आएका विकको स्कुल जान थालेपछि दिनचर्या फेरिएको छ । उनी विहान चाडैँ उठ्छन् । कसैले काम गर्न बोलाएका छन् भने काम गर्न छन् र हतार–हतार घर फर्केर विद्यालय जाने गरेका छन् । पढ्नलाई अन्य साथीहरुले सहयोग गर्दै आएको उनले बताए । वि.सं. २०२२ सालमा स्थापना भएको यो विद्यालयमा अहिले २ सय बढि विद्यार्थी छन् । विकलाई अन्य विद्यार्थीहरुलाई भन्दा धेरै सिकाउनु पर्ने शिक्षकहरु बताउँछन् । अन्य विद्यार्थीले एक पटक मै बुझेपनि उनलाई दुई पटक पढाउनु पर्ने विद्यालयकका प्राचार्य खगेन्द्र सुबेदीले बताए । वुढेसकालमा पनि विद्यार्थी बन्न आइपुगेका विकलाई साथीहरुले पनि उत्साह थपेका छन् । नजानेका कुरालाई साथीले पनि सिकाउने गरेका । उनको लेखन क्षमता अली कम भएका कारण सिकाउने गरेको साथी शेरबहादुर थापाले बताए । क्याम्पससम्मको अध्ययन गर्ने इच्छा राखेका विकले आर्थिक स्थितका कारण पढ्न नपाउने होकी भन्ने लागेको छ । उनले बिदाको दिन अरुको मेलापातमा गएर केही आम्दानी गर्दै आएका छन् । उनको यो उत्साहलाई सहयोग गर्ने हातको आवश्यकता छ ।



Post a Comment

 
Top