0
गोल्डेन न्यूज संवाददाता
क्यान इन्फोटेकको सातांै संस्करण राष्ट्रिय औद्योगिक ब्यापार मेला सँगै हुने भएको छ । कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान कास्कीले आयोजना गर्ने सुचना प्रबिधि मेला पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने राष्ट्रिय औद्योगिक ब्यापार मेला सँगै फागुन २१ देखि चैत्र १ गतेसम्म हुने भएको हो । यसअघि दुई वटा मेला छुट्टा छुट्टै हुदै आएका थिए । पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्र भित्र रहेको डोममा इन्फोटेक सञ्चालन हुने आयोजकले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । डोम भित्र सूचना प्रविधिका ७८ वटा स्टलहरु रहने क्यान कास्कीका सचिव विश्वास भण्डारीले जानकारी दिए । विगतका वर्षहरुमा अधिकांश स्टलहरु डेक्सटप, ल्यापटप र अन्य कम्प्युटर एसेसरिजहरुले मात्रस्टल बुकिङ्ग गरेपनि यस वर्षमा मोवाइल एशेसरिजहरुलाई बढि प्राथमिकता दिएको क्यान कास्कीले जनाएको छ । अहिलेसम्मका धेरै स्टलहरु मोवाइल टेक्नोलोजी प्रदर्शनी एवं विक्रीका लागि बुकिङ्ग भएको भण्डारीले बताए । इन्फोटेक सम्पन्न चिन्तामणि बाँस्तोला संयोजक संयोजक रहेको मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै स्टल निर्माण तथा भौतिक पूर्वाधार उपसमिति संयोजक युवराज पौडेल, छपाई उपसमिति संयोजक तिर्थराज सुवेदी, अतिथि सत्कार उपसमिति संयोजक राजेन्द्र शर्मा, प्रविधि उपसमिति संयोजक ईश्वर चालिसे, आर्थिक व्यवस्थापन उपसमिति संयोजक कृष्णराज पोख्रेल, विमा उपसमिति संयोजक राजेन्द्र तिवारी, प्रचार–प्रसार उपसमिति संयोजक विश्वास भण्डारी, प्रायोजन व्यवस्थापन उपसमिति संयोजक गुणनिधि पाण्डे लगायत रहेका छन् ।


















Post a Comment

 
Top