0
गोल्डेन न्यूज संवाददाता
कास्कीबाट सरुवा भई जान लागेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पाललाई रेवान पोखराले एक समारोहका बीच बिदाई गरेको छ । रेवान पोखराका पदाधिकारी हरुले उपरीक्षक पाललाई खादा र माला लगाई मायाको चिनो प्रदान गरे । कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले पालको पोखरा बसाईका क्रममा पर्यटन क्षेत्रले शान्तिको महसूस गर्न पाएको बताए । ‘सरुवा नियमित प्रकृया हो, यहाँको काठमाडांै बसाई पनि सफल र सुखद् रहोस्’–भट्टराईले भने । रेवान पोखराको मेघा इभेण्ट पोखरा सडक महोत्सवका क्रममा प्रहरीसंगको उत्कृष्ट समन्वयका कारण कुन अप्रिय घटना नभएको उनले जनाए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा, रेवान पोखराका सल्लाहकार गणेशबहादुर भट्टराई, सूर्यब
हादुर भुजेल, निवर्तमान अध्यक्ष बलराम पहारी, उपाध्यक्ष भिमसेन भुजेल, सचिव विष्णु बानियाँ, १७औं सडक महोत्सवका संयोजक दोर्जे लामा, सदस्य बसन्त गौतम, नरेश भट्टराई लगायतले एसपी पाललाई शुभकामना व्यक्त गरेका थिए । गत माघ २८ गते पोखरा आएका पाल महानगरीय दंगा नियन्त्रण प्रहरी गण, काठमाडौं जाँदैछन् । कार्यक्रममा बोल्दै एसपी पालले पोखरा बसाईका क्रममा पोखरेलीहरु बाट राम्रो सहयोग र सहकार्य मिलेको भन्दै आँपूm जहाँ भएपनि पोखराको सहयोगका लागि हमेशा तत्पर रहने प्रतिवद्धता जनाए । रेवान पोखराका महासचिव लक्ष्मण बरालले कार्यक्रम संचालन गरेका थिए ।















Post a Comment

 
Top