0
गोल्डेन न्यूज संवाददाता
भूकम्प र नाकाबन्दीले पारेको नकारात्मक सन्देश हटाउन नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) पोखरा भारतको सिलिगुडी जाने भएको छ । भारतको सिलिगुडीमा हुने बेङलौर ट्राभल मार्टमा भाग लिन पोखराका व्यावसायी जान लागेको हुन् । शुक्रबार देखि हुने ट्राभल मार्टमा नेपाल, भारत, बंगलादेश, भुटानको सहभागीता रहने नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) पोखराका अध्यक्ष दिल गौतमले जानकारी दिए । पाचँ दिन सम्म सञ्चालन हुने पोखरा प्रवद्र्धन कार्याक्रममा बिहीबार विराटनगरमा अन्तरक्रिया कार्यक्रम, शुक्रबार र शनिबार सिलिगुडीमा ट्राभल्स मार्टमा भाग लिएर पोखराको प्रवद्र्धन गर्ने गौतमले जानकारी दिए । ट्राभल्स मार्टमा पोखराबाट ९ जना व्यावसायीहरु र काठमाडौंबाट ९ जना गरी १८ जनाको सहभागिता रहने गौतमले जानकारी दिए । ट्राभल मार्टमा आएका विभिन्न ट्राभल्सहरु मार्फत पोखराको प्रवद्र्धन गर्ने उनले जानकारी दिए । ‘भूकम्प र नाका बन्दीले पोखराको पर्यटन व्यावसाय समस्यामा परेको छ,’ गौतमले भने,–‘ट्राभल्स मार्टबाट पर्यटक बोलाउदा केही मात्रामा भए पनि सुधार आउने छ ।’ भूकम्पपछि खस्किएको पर्यटन उद्योग भारतको अघोषित नाकाबन्दीले थप थलिएको छ । नाका खुलेपछि अहिले केही सहज भएकाले भूकम्प र नाकाबन्दीपछि नेपाल र पोखरा भारत, भुटान र बंगलादेशबाट आउने पर्यटकहरुलाई सकारात्मक सन्देश दिन उपलब्धि पूर्ण हुने बताए । उनले मार्टमा बिटुबी बैठकबाट सकारात्मक सन्देश दिन सकिने बताए ।





Post a Comment

 
Top