0
गोल्डेन न्यूज संवाददाता
सुचना प्रविधिको अधिकतम प्रयोग मार्फत स्थानीय प्रशासनको सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यले पश्चिमाञ्चल स्तरीय सूचना प्रविधि अभिमुखीकरण तालिम पोखरामा सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले सञ्चार प्रविधिको युगमा पनि जनतालाई दिने सेवालाई प्रविधिमैत्री बनाउन नसक्दा गुनासोहरु धेरै आएकाले त्यसलाई कमगर्न पनि तालिम फलदायी हुने बताए । प्रविधिको प्रयोग मार्फत सरकारी सेवालाई छरितो बनाउने प्रयास गरिएपनि यो वा त्यो वाहानामा समस्या उत्पन्न भैरहेको मलेगोले बताए । सरकारी कार्यालयमा उपलब्ध प्रविधिलाई अधिकतम प्रयोग गरी सेवालाई गुणस्तरिय बनाउन उनले निर्देशन समेत दिए । उनले भने ‘विद्युत, ब्यकअप छैन, कम्प्युटर, प्रिन्टर विग्रियो, सिस्टमले काम गरेन भनेर अब कर्मचारी उम्कने ठाँउ छैन ।’ कार्यक्रममा पश्चिमाञ्चलका १६ वटै जिल्ला र चार वटा इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा कम्प्युटर अपरेटर लगायत ३७ जनाको सहभागिता छ । मंगलवारबाट सुरु भएको तालिम विहिवार सम्म चल्नेछ । उनिहरुलाई तीन दिन सम्म काम गर्दा आउने समस्यालाई कसरी समाधान गर्ने र नयाँ प्रविधिको प्रयोग मार्फत छिटो छरितो सेवा प्रवाहको वारेमा तालिम दिईने गृह मन्त्रालयका सह–सचिव विनोद केसीले जानकारी दिए । कार्यक्रममा पश्चिमाञ्चल सह क्षेत्रीय प्रशासक दिवाकर वास्तोला, कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, गृह मन्त्रालयका उपसचिव श्रवण कुमार तिमल्सिना लगायतले तालिमको महत्व र सूचना प्रविधिको प्रयोग वारे वोलेका थिए ।


Post a Comment

 
Top