0
गोल्डेन न्यूज संवाददाता
पोखराको अमरसिंह चौरमा जारी छैठौ पोखरा महोत्सवमा कारोवारमा उल्लेख्य बृद्धि भएको छ । महोत्सवमा राखिएका स्टलहरुमा विषेशगरी जाडोका सामाग्रीहरुको बिक्री उल्लेख्य मात्रामा वढेको आयोजकले जनाएको छ । महोत्सवको छैठौ दिन मंगलबार १५ हजार दर्शकले अवलोकन गरेका छन भने १ करोड ५० लाखको कारोवार भएको छ । देशमा नाकाबन्दी जस्तो विषम परिस्थीतिमा पनि दर्शकहरुको उल्लेख्नीय सहभागिता जनाएरहेका छन । महोत्सवमा सहभागी दर्शकहरुप्रति महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले आभार प्रकट गरेका छन् । त्यस्तै महोत्सवमा विषेशगरी जाडो याममा प्रयोग हुने सामाग्रीहरुको बिक्री बढेकाले महोत्सवमा दिन प्रतिदिन कारोबार बृद्धि भएको अर्थ तथा स्टल उप–समितिका संयोजक राजु श्रेष्ठले बताए ।
महोत्सवमा मंगलवार लोकदोहोरी तर्फ राधिका हमाल, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, जीवन दाहाल, कृष्ण सुवेदी, ज्योती लोहोनी, माया केसी, दिल कुमारी मोक्तान लगायतले लोकदोहोरी मार्फत मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवको सातौं दिन बुधवार लोकदोहोरीतर्फ पशुपति शर्मा, चोलेन्द्र पौडेल, सीता केसी, रामजी पौडेल, जीवन दाहाल, मञ्जु बिक, जय कुमार परियार, पोखरेली धुर्मुस र माग्नेबुढाको हास्यब्यङ्ग्य प्रहसनका साथै लाइभ पप तर्फ निमा रुम्बा एण्ड द लिजेन्टको प्रस्तुति रहने कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए ।
माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायिक संघ संस्थाहरुको सेवा बारे जानकारी,  स्थानिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सवका सचिवालय ब्यवस्थापक शुकवहादुर गुरुङले जानकारी दिए ।

Post a Comment

 
Top