0
गोल्डेन न्यूज संवाददाता
पोखरामा फेशन वीक हुने भएको छ। आर इभेण्ट ट्रेनर नेपालले पोखरामा फागुन ६ देखि ८ गतेसम्म गर्न लागेको दोस्रो मःम मेलाका क्रममा फेशन वीक गर्न लागिएको हो। राजधानी बाहिरको पहिलो फेशन वीक भएको आयोजकको दावी छ। फेशन वीकमा पोखरेली डिजाईनरहरुले तयार पारेका पहिरनहरुलाई मोडलहरुले प्रस्तुत गर्ने कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिए। उनले फेशन पारखीहरुले कार्यक्रममा नयाँ स्वाद पाउँने बताए। पोखरा र काठमाडौंका व्यवसायीक मोडल, सौन्दर्य प्रतियोगिताका विजेता, नायिकाहरु, सेलिब्रेटी, पोखरेली महिला उद्यमी, पोखरेली कोरियोग्राफरहरुको सहभागिता रहने कार्यक्रमका लागि छिट्टै मोडलहरु छनौट गरिदै छ। प्रायः विदेशमा देखिने फेशन वीकको अवधारणा अनुसार पोखरामा पनि गर्न लागिएको हो।  सो कार्यक्रममा विभिन्न ब्राण्ड, बुटिक एवं विभिन्न डिजाइनरहरुलाई आफ्ना क्रियशन देखाउने अवसर समेत प्रदान गरिने छ। मःम मेला पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने छ। 
नेपालमा पछिल्लो समय मःम बढि प्रयोग हुने खाजाको रुपमा विकास भैरहेका बेला मःम पारखीहरुले मेला निकै रुचाउने अपेक्षा गरिएको छ। चिकेन, बफ र मटन मःमको स्वाद मात्रै चाखेका मःम पारखीहरुले मेलामा २५ प्रकारका मःमको स्वाद लिन पाउँने छन्। मेलाका लागि धमाधम स्टल बुकिङ भैरहेको छ।
 यसअघि ट्रेनर नेपालले पतञ्जली योग शिविर, मिस पोखरा क्वीन, मेगा मोडल पोखरा, नेपथ्य व्याण्डको लाइभ कन्सर्ट र दशंै महोत्सव जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ।










Post a Comment

 
Top