0
आइएमई–ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति स्टेप वाइ स्टेप उच्च मावि पोखराका कक्षा २ मा अध्ययनरत छात्रा जेनिसा मोक्तानलाई प्रदान गरिएको छ । देशभरबाट प्राप्त आवेदन मध्येबाट जेनिसा मोक्तान छनोटमा परेकी हुन् । 
विद्यालयको प्राङ्गणमा एक कार्यक्रम गरी ग्लोबल आइएमइ बैंक पोखराका शाखा प्रबन्धक अमृतराज बास्तोला र आइएमई लि.का गण्डकी धौलागिरी अञ्चल इन्चार्ज किशोर शर्माले संयुक्त रुपमा विद्यालयका संयोजक सूर्यप्रसाद लम्साललाई चेक हस्तान्तरण गरेका थिए भने छात्रा मोक्तानलाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बाँस्तोला र शर्माले उक्त छात्राको उज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए । उक्त छात्रवृत्रिको रकम एक वर्षभरिको सम्पूर्ण शुल्क रहेको सूर्य प्रसाद लम्सालले जानकारी दिए ।




















Post a Comment

 
Top