0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस चौतारीले आफ्नो १०औं वार्षिकोत्सव मनायो । केक काटेर वार्षिकोत्सवको उद्घाटन गर्दै कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले लायन्स जत्तिको सामाजिक संस्था आफूले नपाएको बताए । नेपालमा नराम्रा कुराकोमात्र खोजी गर्ने परम्परा रहेपनि लायन्समा त्यस्तो नपाएको उनले बताए । कार्यक्रममा लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ बी १ का डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले पिस चौतारी लायन्स डिष्ट्रिक्ट कै उत्कृष्ट क्लव भएको बताए । उनले आफूलाई गभर्नर पदमा पु¥याउन पिस चौतारीको पनि महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे । कार्यक्रममा सेकेण्ड भिडिजि धनराज आचार्यले विश्वरभर फैलिएको सबै भन्दा ठूलो सामाजिक सञ्जाल लायन्स भएको स्पष्ट पारे ।  कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठ र दिपक श्रेष्ठले लायन्सहरुमा लाग्नेहरुको मन ठूलो हुने र जुनसुकै सहयोगका लागि पनि तत्पर हुने बताए । क्लवका पूर्व अध्यक्ष तथा रिजन चियर पर्सन दुर्गा हुमागाइँले लायन्सको सक्रियतामा भूकम्प पीडितलाई ठूलो सहयोग गरेको जानकारी दिए । क्लवका अध्यक्ष धनञ्जय पौडेलले क्लवलाई यहाँसम्म ल्याउन संस्थापक तथा अग्रजहरुको महत्वपूर्ण भूमिका रहेकाले उनीहरुको योगदानलाई भुल्न नसकिने स्पष्ट पारे । उनले कास्की अर्मलामा रहेको शान्ति उदय उच्च माविमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न लागिएको जानकारी दिए । कार्यक्रममा क्लवका द्वितीय उपाध्यक्ष जीवनबहादुर क्षेत्री, सचिव प्रेमराज दाहाल, पूर्व अध्यक्ष विनोद ढुङ्गाना, पिस होम लायन्सकी अध्यक्ष सरिता दाहाल हुमागाइँ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । वार्षिकोत्सव क्लवका अध्यक्ष धनञ्जय पौडेलको अध्यक्षतामा भएको थियो । उक्त अवरमा क्लवका १७ जना संस्थापक तथा हालै सम्पन्न भलिवल प्रतियोगितामा तेस्रो भएको र क्लवबाट सहभागी खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top