0
गोल्डेन न्यूज संवाददाता
उच्च माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा पोखरा रङ्गशालामा हिसान स्पोट्स मिट जारी छ। शनिबारदेखि सुरू भएको स्पोट्स मिटमा कास्कीका निजी क्षेत्रबाट सञ्चालित ४३ उच्च माविमा अध्ययनरत कक्षा ११ र १२ का १ हजार आठ सय विद्यार्थी सहभागी छन्। स्पोर्टस् मिटमा आइतबार पनि छात्रछात्रा भलिबल प्रतियोगिता, छात्रछात्रा बास्केटबल प्रतियोगिता र टेबुलटेनिसमा छात्रछात्रा एकल तथा जोडी प्रतियोगिता भएका छन्।
स्पोट्स मिटमा भलिबल अन्तर्गत छात्रतर्फ आइतबार छ खेल भएका छन् भने छात्रातर्फ ५ खेल भएका छन्। छात्रतर्फको खेलमा कास्की मोडनाइज्ड उच्च मावि, पोखरा उच्च मावि, पोखरा मल्टीमोडल उच्च मावि र नेपाल टुरिजम होटल म्यानेजम्यान्ट कलेज सेमिफाइनलमा प्रवेश गरेका छन्।
यस्तै छात्रातर्फ बालोदय उच्च माविलाई पोखरा मल्टीमोडलले र प्रतिभा उच्च माविलाई डायमण्ड उच्च माविले लगातार दुई सेटमा नै जित हाँसिल गरेको छ। यसैगरी, ग्लोबल कलिजियट उच्च माविलाई स्पाइरल ग्यालेक्सी उच्च माविले, लिटिल स्टेप उच्च माविलाई  माउन्ट अन्नपूर्ण उच्च माविले, कास्की मोडनाइज्डलाई सिर्जना उच्च माविले दुई सेट नै आफ्नो कब्जामा पार्दै जित हाँसिल गरेको छ। यसैगरी नेपाल टुरिजम होटल म्यानेजम्यान्ट कलेजलाई सगरमाथा उच्च माविले दुई एकको अन्तरमा पराजित गरेको छ। सोमबार पनि छात्रछात्रा गरी आठ खेल हुने भलिबल संयोजक दिवाकल जैसीले जानकारी दिए।
टेबुलटेनिस अन्तर्गत आइतबार छात्रछात्रा एकल प्रतियोगिता भएका छन् भने जोडीतर्फ छात्रको मात्रै खेल भएको छ। छात्र एकल टेबुल टेनिसमा प्रकास मगर पोखरा मल्टीमोडल उच्च मावि, अभिषेक सुवेदी डायमण्ड उच्च मावि, अनुज कुँवर माउन्ट अन्नपूर्ण उच्च मावि, प्रदिप अधिकारी पोखरा उच्च मावि, निसान लामिछाने स्टेप बाई स्टेप उच्च मावि, सुमन पौडेल स्टेप बाई स्टेप उच्च मावि, सविन लामिछाने माउन्ट अन्नपूर्ण उच्च मावि, शङ्कर एसी मेरीगोल्ड उच्च मावि, सन्देश तिमिल्सिना डायमण्ड उच्च मावि, पूर्ण क्षत्री सवलाइन उच्च मावि, अलिल कार्की ग्लोबल उच्च मावि, सुशान्त कार्की ग्लोबल उच्च मावि, सुमेश लामा लक्ष्मी एकेमेडी, अनिल कार्की ग्लोबल उच्च मावि, सुशान्त कार्की ग्लोबद, प्रविन गुरुङ प्रतिभा तेस्रो चरणमा प्रवेश गरेका छन्।
यसैगरी, अनुस कुँवर माउन्ट अन्नपूर्ण उच्च मावि, सन्देश पन्थ लक्ष्मी एकेमेडी, सुमेश लामा लक्ष्मी एकेडेमी र स्टेप बाई स्टेपका विसाल लामिछाने क्वाटर फाइनलमा प्रवेश गरेका छन् भने सुशान्त कार्की ग्लोबल उच्च मावि, प्रदिप पौडेल पोखरा उच्च मावि प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
यस्तै, छात्रा एकलतर्फ एलिसा तामाङ, प्रकृति गौतम मदरल्याण्ड उच्च मावि र प्रज्ञा पोख्रेल तेस्रो चरणमा प्रवेश गरेका छन् भने प्रकृति तिमिल्सिना ग्लोबल कलिजियट उच्च मावि, सविना गुरुङ, मुना थापा, सिर्जना उच्च मावि र कविता थापा र पोखरा उच्च मावि क्वाटर फाइनलमा प्रवेश गरेका छन्।
यसैगरी, छात्र जोडीतर्फ ग्लोबल उच्च मावि, लक्ष्मी एकेडेमी, माउन्ट अन्नपूर्ण कलेज, जुनियर सिटिजन एकडेकी र पोखरा उच्च माविका जोडी क्वाटर फाइनलमा प्रवेश गरेका छन्। छात्रा जोडीतर्फ भने सोमबार मात्रै खेल हुनेछ। स्पोट्स मिटको बास्केटबल अन्तर्गत आइतबार छात्रातर्फ ६ र छात्रतर्फ १० खेल भएका छन्।  छात्रातर्फ माउन्ट अन्नपूर्ण उच्च मावि र कास्की मोडनाइज्ड उच्च मावि फाइनलमा उपाधिका लागि भिड्ने भएका छन् भने ग्लोबल कलिजियट उच्च मावि र नेपाल टुरिजम होटल म्यानेजम्यान्ट तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने कास्केट बल संयोजक राजु कायश्थले जानकारी दिए। यसैगरी, बास्केटबल छात्रतर्फ माउन्ट अन्नपूर्ण उच्च मावि, स्पाइरल ग्यालेक्सी उच्च मावि, मायमण्ड उच्च मावि, पोखरा उच्च मावि, समगरमाथा उच्च मावि, करुणानिधि उच्च मावि, माउन्ट अन्नपूर्ण कलेज तेस्रो चरणमा प्रवेश गरेका छन्। माघ २ गतेदेखि सुरू भएको हिसान स्पोट्स मिट माघ पाँच गतेसम्म चल्ने मुल संयोजक रमाकान्त बरालले जानकारी दिए। हिसान कास्कीले विभिन्न विद्यालय तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर शैक्षिक गुणस्तरसँगै खेलकुद विकासका लागि र आपसी सम्बन्ध विस्तारका लागि प्रत्येक वर्ष स्पोर्टस् मिट गर्दै आएको अध्यक्ष बाबुराम पन्तले जानकारी दिएका छन्।





Post a Comment

 
Top