0
गोल्डेन न्यूज संवाददाता
जनप्रिय बहुमुखी क्याम्पस सिमलचौर पोखरामा बीबीएमा अध्ययन गर्ने विद्यार्थीहरुको संगठन ‘एशोसिएशन अफ बीबीए स्टुडेन्ट’ले स्वागत तथा विदाई कार्यक्रम आयोजना ग¥यो । संस्थाका अध्यक्ष सुशान्त बाटाजूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दामोदर चालिसे रहेका थिए । कार्यक्रममा आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई बिदाई गर्नुका साथै नवौं सेमेष्टमा अध्ययन गर्ने विद्यार्थीलाई स्वागत गरिएको थियो । कार्यक्रममा सातौं सेमेष्टरमा अध्ययनरत विद्यार्थी ईच्छा गुरुङ, बीबीए संकाय कम्प्युटर डेभलपमेन्ट प्रमुख मेखराज पोडेल, एबीएसका सल्लाहकार वीरबहादुर कार्की, हित शाखा प्रमुख भोजराज बराल, क्याम्पस प्रमुख वीरञ्जी गौतम, सहायक क्याम्पस प्रमुख राजेन्द्र पौडेल, बीबीए कार्यक्रम संयोजक कृष्णबाबु बराल लगायतले बिदाई भएकाहरुलाई आगामी दिनको सफलताको शुभकामना र नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए ।  नयाँ विद्यार्थीहरुलाई खादा र माला लगाएर स्वागत गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दामोदर चालिसे र क्याम्पस  प्रमुख वीरञ्जी गौतमले क्याम्पसको गरिमा र मर्यादालाई ख्याल गरि अध्ययन गर्न आग्रह गरेका थिए । त्यस अवसरमा डब्लुआरसीको बीबीएमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको इन्टर टेक्निकल फुटवल टुर्नामेन्टमा द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थी खेलाडीलाई सम्मान गरिएको थियो । 
यसैगरी एकदेखि आठौं सेमेष्टरमा अध्ययन गरि उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार छात्रवृत्ति प्रदान गरिएको थियो भने कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।










Post a Comment

 
Top