0
गोल्डेन न्यूज संवाददाता
पोखराको अमरसिंह चौरमा जारी छेठाँै पोखरा महोत्सवको दोश्रो दिन २५ हजार दर्शकले अवलोकन गरेका छन । महोत्सव ७० लाखको कारोवार भएको छ । महोत्सवमा शुक्रबार लोकदोहोरी गायक रामजी खांडले दोहोरी पारखी दर्शकहरुलाई आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए भने स्थानीय दोहोरीकलाकारहरुले समेत आफ्नो प्रस्तुति प्रदान गरेका थिए । महोत्सवको तेश्रो दिन लोक दोहोरीतर्फ हेमन्त शर्मा, जीवन दाहाल, प्रकाश सपुत, घनश्याम रिजाल, टेक क्षेत्री, सविना गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुति रहनेछभने पप कन्सर्टतर्फ रोबिन एण्ड न्यु रेभुलुसनको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायिक संघ संस्थाहरुको सेवा बारे जानकारी गराउनु लगायत रहेका छन् ।










Post a Comment

 
Top