0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य देव गुरुङले राष्ट्रियताका लागि सबै राजनीतिक दल एक ठाउँमा उभनिुपर्ने बताएका छन् । पोखरामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानले मधेश, आदिवासी जनजातिका मुद्धालाई सम्वोधन गर्न नसकेको बताउदै देशको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताका लागि दलहरु वीच एकता आवश्यक रहेको दावी गरे । राजनीतिक सहमति मार्फत बर्तमान समस्या समाधान नभए देश द्वन्दमा जाने चेतावनी उनको थियो । राजनीतिक दलहरु बिचको सहमतिबाटै देशको समस्या आन्तरिक रुपमा ब्यबस्थापन गर्नुपर्नेमा जोड उनले गरे । पूर्वमन्त्री समेत रहेका सचिव गुरुङले मधेसवादी र सरकारबीच सहमति नै हुन नसक्ने खालको विवाद नरहेको भन्दै चाँडो सहमति खोज्न दुवै पक्षलाई आग्रह गरे । 
सरकार र आन्दोलनरत दलबीच सहमति नै भइहाले पनि देश असफल हुनसक्ने खतरा रहेको नेता गुरुङको थियो । भूकम्प र नाकाबन्दीले थलिएको नेपालमा आर्थिक महामन्दी आइ मानवीय महासंकट उत्पन्न हुनसक्ने आशंका उनको थियो । विगतमा सबैको कमिकमजोरी भएकोले त्यसलाई स्वीकारेर पार्टी एकता गर्नुपर्नेमा जोड उनको थियो ।

Post a Comment

 
Top