0
गोल्डेन न्यूज संवाददाता
मुक्तिनाथ विकास बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा मंगलवारका सम्पन्न भयो । साधारणसभाले ३१ प्रतिशत बोनस शेयर र १.६३ प्रतिशत नगद लाभांस वितरण गर्ने लगायतका विविध निर्णय गरेको छ । साधारणसभाले गरेका निर्णयहरुमा २ः१ हकप्रद शेयर जारी गर्ने, बैंकको अधिकृत पूँजी २ अर्ब ५० करोड पुर्याउन अन्य उपयुक्त वित्तीय संस्थासंग प्राप्ती गाभ्ने भएको छ । सभाले नयाँ सञ्चालक समितिका सदस्यहरुको  आगामी चार वर्षको लागि सर्वसम्मतिमा निर्विरोध निर्वाचित गरेको छ । संस्थापक शेयरधनीहरुको तर्फबाट मीनप्रसाद गुरुङ्ग, प्रकाश प्रसाद श्रेष्ठ, खिम प्रकाश मल्ल र नारायण कुमार श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायण प्रसाद पौडेल, चुडामणि कंडेल र गजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । संचालक समितिको बैठकले अध्यक्ष पनः मिनप्रसाद गुरुङलाई स्क चयन गरेको छ । 

बैंकका सञ्चालक समितिका अध्यक्ष मिन प्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा  डिल्लीराम तिवारी, राम प्रसाद पोखरेल, संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार खगेन्द्रराज रेग्मीले पनि बोलेका थिए । कार्यक्रममा बैंकको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालित सर्वोत्कृष्ट १० वटा केन्द्रहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । यसैगरी मुक्तिनाथ विकास बैंक लिमिटेड नारायणगढ शाखाले नवलपरासीको गैडाकोट–३, ढोडेनी मा बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा नारायणगढ शाखाका शाखा बोल्दै प्रबन्धक शंकर पुरीले बित्तिय साक्षरता कार्यक्रमले शिक्षक, बिद्यार्थी, पेशाकर्मी, संघसंस्था, ूल, ब्यापारी, गृहणी महिला तथा लघुउद्यमी लाई प्रत्यक्ष फाईदा पुग्ने बताए । उनले बैंकले प्रदान गर्ने आधुनिक प्रविधिमा आधारित सेवाहरुको बारेमा पनि प्रकाश पारेका थिए । कार्यक्रममा शाखाका लघुबित्त डेस्क प्रमुख भिमलाल पौडेल, सीमित बैंकिङ्ग प्रमुख यादब प्रसाद भट्ट, ईश्वर सापकोटा, सन्तोष रोका र मेघराज ढकाल लगायतले पनि बैंकको विविध पक्षबारे जानकारी गराएका थिए । बैंकले बिगत दुई बर्षदेखि बित्तिय पहुँच नपुगेका क्षेत्रहरुमा साक्षरता कार्यक्रमलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्दै आईरहेको छ ।








Post a Comment

 
Top