0
विष्णुहरि पौडेल
लेखनाथ नगरपालिकाले आगामी र्आिर्थक बर्ष २०७३÷७४ का लागि २१ करोड ५२ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार एक कार्यक्रमका बीच कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले आन्तरिक स्रोततर्फ दुई करोड ९० लाख र बाह्य स्रोत तर्फ १८ करोड ६२ लाख २० हजार रुपैयाँ गरि कुल २१ करोड ५२ लाख २० हजार  रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन। यसवर्षको  बजेट गत बर्षको तुलनामा ४.३३ प्रतिशतले कमि हुन आएको देखिन्छ । गत बर्ष २२ करोड ४९ लाख ४७  हजार रुपैयाँको बजेट पेश गरिएकोमा यस बर्ष विश्व बैकको अनुदान सहयोगमा निर्माण हुने आयोजनाहरुका कारणले बजेटमा कमि आएको हो ।
यस बर्ष चालु खर्च तर्फ ३ करोड ८० लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत तथा कार्यक्रम बजेट अन्तर्गत १७ करोड ७१ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमा पूर्वाधार तथा संरचना विकासमा सात करोड ६७ लाख ७२ हजार, कृषि वन तथा वातावरणतर्फ एक करोड ३४ लाख ५० हजार रुपैयाँ, जनसख्या तथा सामाजिकतर्फ ८ करोड १८ लाख १२ हजार, संगठन तथा प्रशासन तर्फ ३ करोड ८० लाख ८६ हजार र जलस्रोत तथा भूमितर्फ ५१ लाख रुपैयाँ छुट्याईएको छ ।
बजेटमा भूकम्पबाट पूर्ण रुपमा घर भत्किएका नगरवासीका लागि नक्सा पासमा १० प्रतिशत छुट दिने ब्यवस्था समेत गरिएको छ । कार्यक्रममा संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले प्रदेश नं.४ को राजधानी लेखनाथ सहित पोखरा उपत्यकालाई बनाउन बृहत्तर रुपबाट सोच्नु पर्ने बताउँदै कामको समीक्षा समेत गर्न सुझाव दिए। विकास निर्माणका काममा जनसहभागीता जुटाउँदै विकासको प्रतिफलमा जनतालाई अनुभूति हुने गरि कार्य सम्पादन गर्नु पर्ने बताउँदै उनले समग्र लेखनाथ क्षेत्रको विकासका लागि कृषिको व्यवसायीकरण गर्न पर्यटनलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति एवं सांसद यज्ञवहादुर थापाले अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि बजेट विनियोजन भएरपनि बन्न नसकेको अवस्थामा दुई÷तीन महिनामा राजनीतिक सहमति जुटाएर लेखनाथमै ल्याउन आफूहरुले विशेष पहल गर्ने बताए । 
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले परिषद्ले परम्परालाई धान्ने मात्रै काम नगरेर बृहत पोखरा उपत्यका विकासका कुरालाई समेत मध्यनजर गरेर अगाडि बढ्नुपर्ने ्मा जोड दिए । उनले लेखनाथ–१३ को लामेआहालमा क्षेत्रीय बसपार्क निर्माणका लागि दुई सय ३४ हेक्टर जग्गा छुट्टिएको र रुपाताल संरक्षणका लागि छुट्टिएको २० लाख र दिपाङ्ग तालको संरक्षणका लागि ३० लाख रुपैयाँ ताल विकास वोर्डले नियन्त्रणमा लिएकोले काम अगाडि बढ्न नसकिएको सन्दर्भमा लेखनाथ नगरपालिकाले समन्वय गर्नुपर्ने खाचों औल्याए । 
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सचिव कृष्ण के.सी., ने.क.पा. एमालेका क्षेत्रीय अध्यक्ष टिकाराम पगेनी, एनेकपा एमाओवादीका लेखनाथ नगर इन्चार्ज विनय थापा, अखण्ड नेपालका नगर अध्यक्ष मोती गिरी, राप्रपा नेपालका हरिबहादुर जि.सी., नेकपा संयुक्तकी सरीता पौडेल, राप्रपाका नगर अध्यक्ष हेमवहादुर हमाल, नेकपा माओवादी क्रान्तिकारीका सन्तबहादुर भुजेल, पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष रामप्रसाद तिमिल्सिना, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नगर स्तरीय महिला संजालकी विष्णु तिवारी लगायतले लेखनाथमा औद्योगिक क्षेत्र निर्माण, महिलाहरुको स्तर उन्नतिका कार्यक्रमका साथै ४ नं. प्रदेशको संघीय राजधानीका रुपमा लेखनाथलाई विकासित गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त अवसरमा नपाका ईन्जिनियर जगन्नाथ कोइराला र  कानूनी अधिकृत राममणि अधिकारीले पनि बोलेका थिए ।











Post a Comment

 
Top