0
गोल्डेन न्यूज संवाददाता
पोखराको सृजनाचोकमा मंसिर ५ गतेबाट सृजना सस्तो बजार संचालनमा आउने भएको छ । उक्त बजारमा दैनिक उपभोग्य बस्तुहरु जस्तै भाँडाकुँडा, कपडा, तरकारी, माछा मासु लगायतका सामाग्रीहरु  सुपथ मुल्यमा बिक्रि वितरण गरिने बजारका प्रबन्धक युवराज खतिवडाले जानकारी दिए । सो सस्तो बजार जिल्ला विकास समिति संग समन्वयन गरेर ३ वर्षका लागि भाडामा लिएर सञ्चालन गर्न लागिएको प्रबन्धक खतिवडाले जानकारी दिए । करिब १ करोड ५० लाखको लागतमा निर्माण गरिएको बजारमा १४३ वटा सटर रहेकोमा ६० प्रतिशत बुकिङ भइसकेको जानकारी गराइएको छ । युवाहरुलाई स्वेदशमै केही गर्नुपर्छ भन्ने सोचका साथ सृजना सस्तो बजार संचालन गर्न लागेको प्रबन्धक खतीवडाले जानकारी गराए । उनले थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिने बताउँदै सफा र ब्यवस्थित तवरले बजार सञ्चालन गरिने स्पष्ट पारे ।  अन्य क्षेत्रका सस्तो बजार भन्दा सृजना सस्तो बजार गुणस्तरीय हुनुका साथै छोटो समयमा नै तुलनात्मक अझ स्तरीय बनाउने खतिवडाले बताए ।

Post a Comment

 
Top