0
उज्जवल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा अनिला श्रेष्ठ निर्वाचित भएकी छिन । संस्थाको आठौ साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनले संस्थाको उपाध्यक्षमा तुमला श्रेष्ठ, सचिवमा नरेन्द्र बास्तोला र कोषाध्यक्षमा इन्दिरा शर्मालाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा योगराज पौडेल, रामजी प्रसाद पौडेल, विमला श्रेष्ठ, सीता पाण्डे र केशव वहादुर थापा निर्वाचित भएका छन ।
 
यस्तै लेखा सुपरिवेक्षण समितीको संयोजकमा बैकुण्ठ तिमल्सिना र सदस्यहरुमा  बावुराम पन्त र कोकी मल्ल सर्वसम्मत चयन भएका छन । निर्वाचन कमिटीको संयोजकमा अधिवक्ता नरेश पौडेल र सदस्यमा संचारकर्मी कृष्ण आचार्य रहेका थिए । यसअघि साधारणसभाको उद्घाटन गर्र्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारी सहकारी बीच अस्वस्थ प्रतिस्पर्धा नगरी राम्रो कुराको सिको गर्दै सहकार्य गरेर अगाडी वढ्नुपर्नेमा जोड दिए । अव सहकारीहरु आर्थिक कारोवारमा मात्र नभुलेर उत्पादनमुलक क्षेत्रमा प्रवेश गर्नुपर्ने उनको भनाइ थियो । सहकारीका अध्यक्ष दिनकुमारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार नारायण कार्की, महिला शेयर सदस्यको तर्फबाट तारा सापकोटा, सहकारीका निवर्तमान उपाध्यक्ष तुमला श्रेष्ठ, ऋण समितिका निवर्तमान संयोजक योगराज पौडेल, शिक्षा समितिका निवर्तमान संयोजक इन्दिरा बराल, लेखा समिति संयोजक बैकुण्ठ तिमल्सिना, निर्वाचन कमिटीका संयोजक नरेश पौडेल, सदस्य कृष्ण आचार्य लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहकारीका सचिव नरेन्द्र बास्तोलाले गरेका थिए । कार्यक्रममा प्रवेशिका परिक्षा उतीर्ण शेयर सदस्यका छोराछोरीलाई सम्मान गर्नुका साथै उत्कृष्ट वचतकर्ता , उत्कृष्ट ऋणी र कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

Post a Comment

 
Top