0
गोल्डेन न्यूज संवाददाता
सहारा क्लब पोखराका मानार्थ सदस्य एवं सहारा यु.के.का प्रमुख सल्लाहकार महेश गुरुङ्ग र सहारा हङकङ्गका सचिब खमबहादुर गुरुङ्गलाई मंगबालर एक स्वागत गरियो । कार्यक्रममा सहारा हङकङ्गका सचिब खम (सरोज) बहादुर गुरुङ्गले एकेडेमीमा आश्रित २६ जना बालकहरुलाई छत्तीस हजार रुपैयाँ बराबरको जिन्सी पाईन्ट, सर्ट, टिसर्ट प्रदान गरे । सो अवसरमा सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङ्ग र खम बहादुर गुरुङ्ग समेतले नेपालीहरुको चाड छठ र ल्होसारको उपलक्ष्यमा शुभकामना मन्तव्य राखे । स्वागत कार्यक्रममा सहारा हङ्गकङ्गका सदस्य विक्की गुरुङ्गले पाँच हजार पाँच रुपैयाँ नगद सहयोग प्रदान गरे । सहारा क्लब पोखराद्धारा संञ्चालित उक्त एकेडेमीमा हाल १६ जिल्लाका २६ बालकहरु आश्रित छन भने उनीहरुको लालनपालन, शिक्षादिक्षा र निःशुल्क फुटबल प्रशिक्षण क्लबले नै प्रदान गर्दै आईरहेको छ । सो स्वागत कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापा,अध्यक्ष वीरभद्र आचार्य र महासचिब केशब राज बरालले बोलेका थिए ।

Post a Comment

 
Top