0
ताले ड्यामसाईड क्षेत्रको मुहार चम्कन लागेको तथा युवालाई खेलकुदको क्षेत्रमा स्थापित गराउन विभिन्न कार्य गरेको हुँदा आफ्नो तर्फबाट एक लाख सहयोग गरेको वताए। उनले एक लाख रुपैयाँको चेक सोही अवसरमा क्लबका अध्यक्ष पदमबहादुर ढकाललाई हस्तान्तरण गरेका थिए। क्लबका अध्यक्ष पदमबहादुर ढकालले सहयोगदातालाई धन्यवाद दिदैं सामाजिक कार्य गर्नु नै क्लबको मुख्य उद्देश्य रहेको र आगामी दिनहरुमा पनि क्लबलाई पूर्णरुपमा सहयोगको अपेक्षा रहेको वताएका थिए। कार्यक्रममा शुभकामना व्यक्त गर्दै क्लबका संस्थापक अध्यक्ष तथा हालै सम्पन्न राष्ट्रिय लिग विजेता फुटबल टिम थ्री स्टारका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो क्लबको सहयोगले नै राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ प्रशिक्षकबाट पुरस्कृत हुन सफल भएको वताए। सोही अवसरमा क्लबका दुबई संयोजक भुपेन्द्र थापाले क्लबलाई ३० हजार चार सय ५० रुपैयाँ र आरटी ट्रेनिङ सेन्टरलाई ४६ हजार चर सय रुपैया आर्थिक सहयोग प्रदान गरेका छन्। उनले उक्त रकम नगदै क्लबका अध्यक्ष पदमबहादुर ढकाल र आरटि ट्रेनिङ सेन्टरका प्रमुख राजेन्द्र तामाङलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा ड्यामसाईड टोल विकास संस्थाका अध्यक्ष शिवजी वराल, क्लबका सल्लाहकार केशबराज वराल, ड्यामसाईड क्षेत्र सुधार समितिका सचिव महेन्द्र कुमार श्रेष्ठ लगायतले हरेक वर्ष थोरै थोरै कार्य गर्दै जानु पर्ने वताउँदै यस वर्ष अध्यक्षको प्रतिवेदनमा उल्लेख भएको राष्ट्र बैंक चोकमा एक सार्वजनिक शौचालय निमार्ण र ड्यामसाईड क्षेत्रमा सोलार वत्ती जडान गर्ने कार्यलाई सम्पन्न गर्नुपर्ने र सो कार्यकोलागि टोलवासीले क्लबलाई र्पुूा सहयोग गर्ने वताएका थिए। साथै क्लबले पर्यटन प्रबद्र्धन गर्नको लागि वर्षमा कम्तिमा पनि एक सडक महोत्सवको आयोजना गर्नुपर्ने, सरसफाईका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, सदस्यता वृद्धि गर्नुपर्ने लगायतका सुझाव दिएका थिए। साधारणसभामा अध्यक्ष पदमबहादुर ढकाल, सचिव रमेशप्रसाद वराल र कोषाध्यक्ष प्रताप गुरुङको प्रतिवेदनहरु पारित गरेको थियो। क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार हरि गुरुङले र संचालन सचिव रमेशप्रसाद वरालले गरेका थिए।



Post a Comment

 
Top