0
गोल्डेन न्यूज संवाददाता
कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा कास्कीको चौथो साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले कैलाश सहकारी कास्कीकै उत्कृष्ट सहकारीमा पर्ने बताए । उत्कृष्ट सहकारी हुनलाई ठूलो कारोवार चाहिदैन उनले भने–यो सहकारीले कारोवार सगै उद्योग सञ्चालन गरेर कास्कीमा नमुना प्रदर्शन गरेको छ। उनले अव सहकारीहरुले कारोवार मात्रै नभई उत्पादनमा जोड दिनु पर्ने बताए ।
 
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले संस्थाले उद्योगमा लगानि गरेर सराहनीय कार्य गरेको बताए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता भोलानाथ सुवेदी, नन्दकला पौडेल, असल ऋणी टीकाराम पराजुली र उत्कृष्ट कर्मचारी राजु गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथ कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङ र कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जीवन ढुङ्गानाले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा अध्यक्ष जीवन ढुङ्गाना, कार्यवहाक सचिव टेकप्रसाद सुवेदी, कोषाध्यक्ष शिवहरि अधिकारी, लेखा समिति संयोजक तुलसीराम सुवेदीले प्रस्तुत गरेको प्रतिवेदन सभाले पारित गरेको थियो । संस्थाले कैलाश सहकारी फोटो फ्रेम उद्योग पनि सञ्चालन गरेको छ।
 
कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नविनराज पौडेल, पोखरा फोटोग्राफर संघका अध्यक्ष गुरुप्रसाद तिवारी, सञ्चार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनञ्जय पौडेल, कोपिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामप्रसाद पौडेल, विहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र शर्मा, हाम्रो सहयोग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान सुनार, लेखा समिति संयोजक तुलसीराम सुवेदी, सल्लाहकार इन्द्रप्रसाद पौडेल शेयर सदस्य नन्दकला पौडेल, टीकाराम पराजुलीले बोलेका थिए ।
 
कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष शिवहरि अधिकारीले स्वागत र कार्यवाहक सचिव टेकप्रसाद सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top