0
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हुने क्षेत्रीय प्रतियोगिताको लागि कास्की जिल्ला खेलकुद विकास समितिले  टेबुलटेनिस खेलका खेलाडी छनोट गरेको छ । छनोट अन्तर्गत शनिबार पोखरा रगंशालामा भएको पुरुष एकल तर्फ अनुस कुवँर, सुमेस लामा, रुप गुरुङ र गोविन्द गुरुङ छनोट भए । त्यस्तै महिला एकल तर्फ पार्वती श्रेष्ठ, मनिषा श्रेष्ठ, मुना थापा र सुजाता पौडेल छनोट भएको कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजना र टेबुलटेनिस संघको ब्यवस्थापनमा भएको कार्यक्रमको उद्घाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले गरेका थिए । कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । छनोटमा पुरुष तर्फ ३२ र महिला तर्फ २२ जनाले सहभागिता जनाएका थिए । छनोट भएका खेलाडीहरुले क्षेत्रीय छनोटमा सहभागिता जनाउने छन् ।

Post a Comment

 
Top