0
गोल्डेन न्यूज संवाददाता
बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लिमिटेड, काठमाडांै र फेवा विकास बैंक लिमिटेड पोखरा एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धमा भएको एक कार्यक्रममा दुुबै संस्थाहरु बीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकका तर्फबाट संचालक एवं मर्जर समितिका संयोजक दिनेश शंकर पालिखे र फेवा विकास बैंकका तर्फबाट संचालक एवं मर्जर समितिका संयोजक विन्दुु कुमार थापाले हस्ताक्षर गरेका थिए । साथै, आवश्यक सैद्धान्तिक सहमतिका लागि संयुक्त रुपमा नेपाल राष्ट्र बैंकमा बुधबार निवेदन पेश गरिसकिएको फेवा विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले बताए । बढ्दो प्रतिस्पर्धालाई मध्येनजर गर्दै नेपाल राष्ट्र बैंकको मौद्रिक नीति एवं बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जर गराउने नीति अनुसार एक सबल र सक्षम वित्तीय संस्थाको रुपमा आफ्नो कारोबारलाई थप व्यवसायीक र गुुणस्तरिय सेवा प्रदान गर्ने लक्ष्य सहित दुुवै संस्था एक आपसमा मर्ज हुने प्रक्रियामा समावेश भएका छौं । आवश्यक सम्पूर्ण प्रक्रिया यहि २०७२ चैत्र मसान्तसम्मा पूरा गरि २०७३ बैशाख १ गते देखि संयुक्त रुपमा कारोबार संचालन गरिने कार्ययोजना रहेको बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लिक प्रमुख कार्यकारी अधिकृत मनोहर के.सी ले बताए ।


Post a Comment

 
Top