0
गोल्डेन न्यूज संवाददाता
नेपाल आयल निगमको गगनगौडा डिपोले विहिबार पोखरा र लेखनाथका १३ पम्पबाट ५६ हजार लिटर पेट्रोल वितरण गर्ने भएको छ । निगमको डिपोमा भैरहवा नाकाबाट केही परिमाणमा पेट्रोल भित्रिएकाले उपभोक्ताको सहजताका लागि इन्धन वितरण गर्न लागिएको जनाइएको छ । जिल्ला आपूर्ति समितिको निर्णय अनुसार पम्पहरुलाई इन्धन बितरणको व्यवस्था मिलाइएको गण्डकी धौलागिरी पेट्रोलीयम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले जानकारी दिए । पोखराका ११ र लेखनाथका २ पम्पबाट पेट्रोल बितरण हुनेछ । बुधबार डिजेल बितरण नगरेका पम्पहरु बाट पेट्रोल बितरण हुने गरी ब्यवस्था मिलाइएको जनाइएको छ । पेट्रोल स्कुटरका लागि ३ सय रुपैयाको, मोटरसाइकलाका लागि ४ सय र नीजि कार तथा भाडाका टेक्सीलाई १ हजार रुपैयाँको बितरण गरिने जनाइएको छ । अति आवश्यकका लागि भने कालिका पेट्रोल पम्पबाट बितरण गरिने छ । पेट्रोल आउने आशामा बुधबार देखी नै पम्पहरुमा उपभोक्ताका मोटर साइकल र नीजि तथा भाडाका सवारी साधनको लामो लाइन लागेको छ । यता पोखरामा पछिल्लो समय इन्धनको कालोबजारी भएकाले सवारीका साधनहरु निर्वाधरुपमा संचालन भएको पाईएका छ । नेपाल भारत सीमाबाट कालोवजारी भै पोखरामा समेत दैनिक २५ देखि ३० हजार लिटर इन्धन भित्रिएको हुन सक्ने अनुमान गरिएको छ ।



Post a Comment

 
Top