0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ साहित्य प्रतिष्ठान नेपालको १८ औँ साधारण सभा मंगलबार सम्पन्न भयो। साधारण सभा अध्यक्ष पद्मराज ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठानले अक्षय कोषको ब्याजबाट विभिन्न पुरस्कारहरु प्रदान गर्दै आएको जानकारी दिए। साथै उनले प्रतिष्ठानले नियमित रुपमा लेखनाथ साहित्य पुरस्कार, कुन्तीदेवी शिक्षा पुरस्कार तथा छात्रवृत्ति र फणिन्द्रकुमारी ढकाल छात्रवृत्ति वितरण गर्दै आएको बताए। प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव कृष्णप्रसाद पौडेलले प्रतिष्ठानले लेखनाथ जयन्ती, मुखपत्र नवलालित्यको प्रकाशन, खुल्ला कविता प्रतियोगिता आदि कार्यक्रमहरु गरेको बताए। साधारण सभाले प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको छ। साधारण सभा प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा भएको थियो।



Post a Comment

 
Top