0
गोल्डेन न्यूज संवाददाता
नेपाल भेजेटेरियन सोसाइटी नेपालको पोखरा महेन्द्रपुलमा कार्यालय स्थापना भएको छ। कार्यालयको स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले उद्घाटन गरेका थिए। त्यस अवसरमा प्रमुख अतिथि बाँस्तोलाले कार्यालय स्थापनाबाट नेपाल भेजेटेरियन सोसाइटीलाई व्यवस्थित रूपमा अगाडि बढाउन ठूलो टेवा मिलेको बताए। साथै, उनले शाकाहारी जीवन, स्वयं व्यक्तिको स्वास्थ्य, सामाजिक सद्भाव र वातावरणीय सन्तुलनका लागि उपयोगी रहेको बताए।
कार्यक्रमको अध्यक्ष तथा सोसाइटीका अध्यक्ष ऋषिराम सापकोटाले अहिंसाबाट मात्रै मानिसलाई सुख, शान्ति र अभय प्रदान हुने बताए। सोसाइटीका राष्ट्रिय प्रवक्ता लामा मिन गुरुङले भेजेटेरियन सोसाइटीमा जात, धर्म, वर्ग, सम्प्रदाय आदि कुनैको पनि विभेद नरहेको तथा हिंसा नगर्नु, सबै प्राणीको रक्षा गर्नु परम धर्म भएको उल्लेख गरे। कार्यक्रममा सहभागीहरुले शाकाहारी जीवनबाट भएको फाइदा बारे आफ्नो अनुभव सुनाएका थिए। लामा मिन गुरुबाट पञ्चशील वाचन भएको कार्यक्रमको सञ्चालन सोसाइटीका महासचिव महेश पराजुलीले गरेका थिए। कार्यक्रममा सोसाइटीको आजीवन सदस्यता लिने महानुभावहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। संस्थाका अध्यक्ष ऋषिराम सापकोटाले सोसाइटीको कार्यालयको लागि आफ्नै घरको कोठा उपलब्ध गराएका हुन्। कार्यालयमा उनले आफ्नो जीवन कालपछिसम्मको लागि भनेर १०० वर्षको लागि सोसाइटीको कार्यालय सञ्चालनको लागि कोठा अर्पण गरेको जानकारी दिए। सोसाइटी २०६९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको थियो।

Post a Comment

 
Top