0
नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ ले विजयादशमी तथा शुभ दीपावली २०७२ को अवसरमा वडा कार्यालय वडा नं.१० को सभाहलमा एक समारोहका बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेरेसो जिल्ला शाखा कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले हेनरी ड्यूनाको तस्वीरमा माल्यार्पण र दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस अवसरमा  नेपाल रेडक्रस सोसाइटी युकेका उप–महासचिव मेख बहादुर गुरुङ्गलाई दोसल्ला, टिका, फूलमाला र सम्मानपत्रले टोल ससुधार समिति रामबजार र उपशाखा १०, ११ ले संयुक्त रुपमा सम्मान गरियो । कार्यक्रममा प्रमुख अतिथि कृष्ण तिमिल्सिनाले उपशाखा १०, ११ कार्य गर्ने तौरतरिका र टिमवर्क राम्रो भएकोले सधैं जिल्लामा उत्कृष्ट हुने र अन्य उपशाखाहरुमा समेत यस उपशाखाले गर्ने कार्यको अन्य उपशाखा पनि प्रभावित बन्ने बताए । कार्यक्रममा संस्थाका आजीवन सदस्य एवम् नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ्गलाई बधाई दिइएको कार्यक्रममा उपशाखाको भवनमा तला थप कार्यमा रामबजार १० निवासी प्रताप परियार र रामघाट पोखरा १० निवासी राम बहादुर केसीले जनही २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण  गरे । उक्त अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पूर्ण बहादुर हेल्मो, समाजसेवी मनविर गुरुङ्ग, नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ्ग, ओम शान्ति ब्रह्मकुमारी राजयोग प्रशिक्षण विश्वविद्यालय रामबजारका संचालिता गोमा दिदी, उपशाखाका उपसभापति गंगा कुँवर, सहसचिव कलावती शर्मा र महिला लैङ्गिक समाजसेवी समितिका अध्यक्ष नानीमाया गौतम लगायतले बोलेका थिए । उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सूर्य बहादुर बानियाले गरेका थिए ।







Post a Comment

 
Top