0
गोल्डेन न्यूज संवाददाता
२०४७ सालमा स्थापित पोखरा भ्याली स्पोर्टस् क्लव र २०५० सालमा स्थापित नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को संयुक्त आयोजनामा शुभ दीपावली २०७२, नेपाल सम्वत् ११३६ र छठ पर्व अवसरमा शुभकामना आदान–प्रदानका साथ स्वागत तथा तमु समाज युकेद्वारा १०,११ को भवनमा तला थपको लागि चेक हस्तान्तरण कार्यक्रम एक समारोहका बीच सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि रामबजार सोसाइटी युकेका सल्लाहकार महेश गुरुङ्गले श्रीकृष्ण मन्दिरको घण्टी बजाई कार्यक्रमको उद्घाटन गर्दै आफू लगायत रामबजार सोसाइटी युकेका पदाधिकारी सदस्य तथा तमु समाज युकेका पूर्व उपाध्यक्ष एवम् सल्लाहकार टिका गुरुङ्ग, हङ्गकङ्ग, कोरिया र दुवइका साथीहरुलाई स्वगत गरेकोमा धन्यवाद दिए । उनले रामबजारबासी र रामबजार सोसाइटी युकेको सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै २०७२ बैशाख १२, १३ र २९ गते गएको विनासकारी भूकम्पमा परेका परिवारलाई युकेको तर्फबाट सहयोग गर्ने व्यवस्था मिलाइदिएकोमा उपशाखा १०, ११ लाई बधाई दिए । उपशाखा १०, ११ लाई तमु समाज युकेबाट राहत सामाग्री उपलब्ध गराई १५ लाख ७५ हजारको सामाग्री सहयोग गरी आज नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को भवनमा तला थप गर्न १ लाख बराबरको चेक हस्तान्तरण गरी थप सहयोग गरेकोमा उपशाखा १०, ११ लाई रामबजार सोसाइटीबाट समेत सहयोग गर्ने उनले वचन दिए ।
 
कार्यक्रममा रामबजार सोसाइटी युकेका सल्लाहका महेश गुरुङ्ग, निवर्तमान अध्यक्ष रुपक गुरुङ्ग, उपमहासचिव मेख बहादुर गुरुङ्ग, सदस्य सरोज गुरुङ्ग, हेम गुरुङ्ग, तमु समाज युकेका पूर्व उपाध्यक्ष एवम् सल्लाहकार टिका गुरुङ्ग, हङ्गकङ्गमा कार्यरत विकी गुरुङ्ग, कोरियामा कार्यरत दिनेश गुरुङ्ग र दुवइमा कार्यरत प्रताप परियारलाई खादा, फूलमालाले सम्मान गरिएको उक्त कार्यक्रममा तमु समाज युकेका पूर्व उपाध्यक्ष टिका गुरुङ्गले उपशाखा १०, ११ को भवनमा तला थप निर्माण कार्यलाई सहयोग स्वरुप १ लाख रुपैयाँको चेक १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुहुँदै आफ्नो व्यक्तिगत तर्फबाट समेत रु.५ हजार प्रदान गरेका थिए ।
 
पोखरा भ्याली स्पोर्टस् क्लवलाई प्रताप परियार र सरोज गुरुङ्गबाट जनही ५÷५ हजार प्रदान गरेको कार्यक्रममा टोल सुधार समितिद्वारा संचालित असहाय गरिब बिरामीहरुलाई रगत चाहिएमा टोलको सिफारिसमा निःशुल्क प्रदान गर्दै आएको रगतको परीक्षण शुल्क उपलब्ध राउन २०७०–०७१ मा सर्वप्रथम रामबजार सोसाइटी युकेका वर्तमान उपमहासचिव मेख गुरुङ्ग, २०७१–०७२ का लागि संस्थाका सल्लाहकार महेश गुरुङ्ग, २०७२–०७३ का लागि निवर्तमान अध्यक्ष रुपक गुरुङ्ग, २०७३–०७४ का लागि निवर्तमान उपाध्यक्ष पुष्पा गुरुङ्ग र २०७४–०७५ का लागि सदस्य हेम गुरुङ्गले रगतमा लाग्ने खर्च रु.१५ हजार प्रदान गर्दै आएको मानवीय सेवा कार्यमा लागिपरेको टोलका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले बताए ।
 
तमु समाज युकेका सल्लाहकार टीका गुरुङ्गलाई उपशाखा १०, ११ को तर्फबाट सम्मान पत्र र खादाले सम्मान गरिएको कार्यक्रममा तमु समाज युकेले नेपालको भूकम्प पीडितहरुलाई पहिलो चरणमा गोर्खा लमजुङ्ग र कास्कीमा १५ लाख पचहत्तर हजार उपशाखा १०, ११ को व्यवस्थापनमा वितरण गरिएको र हाल रेडक्रस भवन निर्माणमा रु.१ लाख सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपालको भूकम्प पीडितलार्य समाजले ५० लाख उठाई राखेको र यस्तै मानवीय सेवामा लागि पर्ने संस्थासँग मिलि सहयोग पठाउने बताए ।

Post a Comment

 
Top