0
गोल्डेन न्यूज संवाददाता
सोंपाल तमु समाजमा तेस्रो अधिवेशन तथा छौटौँ साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले पुनः मेजर लक्ष्मीप्रसाद गुरुङको अध्यक्षता निर्विरोध १७ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा क्याप्टेन चेत बहादुर गुरुङ, द्धितिय उपाध्यक्षमा मीना गुरुङ, सचिवम डब्लु ओ टु भुपालजंग कुँवर, कोषाध्यक्षमा सावित्री गुरुङ, सह– कोषध्यक्षमा दिलमाया गुरुङ चयन भएका छन्। सदस्यहरुमा पवित्रा गुरुङ, रुद्रकुमारी गुरुङ मैना, ए.एस.पि. किशोर कुमार गुरुङ, डब्लु ओ टु धर्मराज गुरुङ, क्याप्टेन भपासिंह गुरुङ, डब्लु ओ टु उदिम बहादुर गुरुङ, क्याप्टेन चन्द्रप्रसाद गुरुङ, देवेन्द्र गुरुङ, अनरेरी क्याप्टेन चोक बहादुर गुरुङ, दिपक कुमार गुरुङ र सुवेदार तुल बहादुर गुरुङ चयन भएका छन् ।
 
यसअघि साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पंकज श्रेष्ठले गोर्खालीहरु भूतपूर्व नभई अग्रज रहेको भन्दै गोर्खाली समुदायले सञ्चालन गर्ने हरेक व्यवसाय उत्कृष्ट रहेको र भविष्यमा पनि अझ उत्कृष्ट हुने बताए । विशेष अतिथि नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले गोर्खालीको बहादुरी र सीपलाई मातृभूमिमा परिचालन गर्नुपर्नेमा जोड दिंदै अव राज्यको हरेक तहमा गोर्खाली समुदायको सहभागितालाई जोड दिनुपर्ने बताए । कार्यक्रममा गोर्खा मेलामा विशेष सहयोग गरेको भन्दै गोर्खा एण्ड बराह ज्वेलर्सका प्रवन्ध निर्देशक हरी कुमार धमलालाई प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पंकज श्रेष्ठले सम्मान पत्र तथा खादा लगाई सम्मान गरिएको थियो ।
 
यसै गरी गोर्खाली समुदायका सदस्यहरुलाई असल कर्मको प्रोत्साहन स्वरुप गोर्खाली रेडियोका अध्यक्ष शान्ति गुरुङ, निवर्तमान अध्यक्ष तथा सौन्दर्यकर्मी मीना गुरुङ, कास्की आवाज राष्ट्रिय दैनिक पत्रिकाका अध्यक्ष सरस्वती गुरुङ, प्रहरी निरीक्षक चन्द्रा गुरुङ, गोर्खा कम्युनिटी पोखराका सल्लाहकार मेजर दिलबहादुर गुरुङ, सन्दर गुरुङ, नमस्ते हस्पिटल पार्दि विरौटा लगायतलाई अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पंकज श्रेष्ठ र अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले खादाद्धारा सम्मान गरेका थिए । कम्युनिटीले हालसम्म सञ्चालन गरेको द गोर्खाज बचत तथा ऋण सहकारी संस्था, गोर्खा सहकारी उपभोक्ता पसल(गोर्खा ग्रोसरी सप), गोर्खाली रेडियो, गोर्खा एण्ड बराह ज्वेलरी र काभे्रमा रहेको गोर्खा अर्गानिक फार्म तथा रिसर्च सेन्टरलाई अझ व्यवस्थित, उत्पादन र सेवामुखी बनाउन जुट्ने समेत साधारण सभाले निर्णय गरेको छ । पोखरामा गोर्खाली समुदायको बसोवास रहेको र हालसम्म ९७७ आजीवन सदस्य रहेको गोर्खा कम्युनिटीमा एक सदस्यले कम्तिमा एक नयाँ सदस्य बनाउने योजना समेत अघि बढाएको छ । विदेशी भूमिमा विभिन्न ओहोदामा सेवापछि अवकाश प्राप्त गरी नेपाल फर्किएका ब्रिटिश, भारतीय, सिंगापुर पुलिस फोर्सका भूतपूर्व गोर्खाहरुको सीप, दक्ष र आर्थिक पक्षलाई व्यवसायिकरण एवं सम्बृद्ध समाज निर्माणका लागि पहल गर्न गठित गोर्खा कम्युनिटी पोखराले पोखराको न्यूरोडमा गोर्खा भवनसंगै गोर्खा हस्पिटल, गोर्खा स्कुल, गोर्खा हार्डवयर, गोर्खा ट्राभल्स, गोर्खा सेक्युरिटी, गोर्खा चोक, गोर्खा कप फुटवलको योजना पारित समेत गरेको छ । गोर्खा कम्युनिटी पोखराका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार मेजर दिलबहादुर गुरुङ, गोर्खा तथा बराह ज्वेलरी पोखराका प्रवन्ध निर्देशक हरि धमला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने उहाध्यक्ष क्याप्टेन चेतबहादुर गुरुङले स्वागत र सचिव डब्लु ओ टु भुपाल कुँवरले सञ्चालन गरेका थिए ।



Post a Comment

 
Top