0
गोल्डेन न्यूज संवाददाता
कृस्ती पोखरा समाजद्वारा संचालित कृस्ती पोखरा मिलन बचत तथा ऋण सहकारी संस्था लिं.को दोश्रो साधारणसभा तथा प्रथम अधिवेसनले पुनः श्रीबहादुर रानाभाटको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति गठन गरी सम्पन्न भएको छ। समितिको उपाध्यक्षमा कमल रेग्मी, सचिवमा शिव पोख्रेल, सहसचिवमा यामनाथ सुवेदी, कोषाध्यक्षमा रमेश पहारी र सदस्यहरुमा धर्मराज सुवेदी, खिमलाल सुवेदी, हिरादेवी पोख्रेल र रेशमबहादुर थापा सर्व सम्मत निर्वाचित भएका छन्। संस्थाको लेखा समितिको संयोजकमा गुप्तबहादुर थापा, सदस्यहरुमा यक्षप्रसाद भण्डारी र पवित्रमणि भण्डारी, ऋण उपसमितिमा रमेश पहारी, मनबहादुर थापा र धु्रबराज पहारी मनोनित भएका छन् भने शिक्षा उपसमितिमा संयोजक यामनाथ सुवेदी र सदस्यमा कुलदीप आचार्य तथा भक्त भुजेल चयन भएका छन्।
 
निर्वाचित संचालक समिति तथा अन्य उपसमितिका सदस्यहरु लाई निर्वाचन मण्डलका संयोजक वद्रिनाथ पहारीले सपथ ग्रहण गराएका थिए। निर्वाचिन मण्डलमा देवी भण्डारी, लिलाधर सुवेदी, रेणुका ठकुरी र लक्ष्मी गौतम सदस्य रहेका थिए। वन्द सत्रमा अध्यक्ष श्रीबहादुर रानाभाटले वार्षिक प्रगती विवरण तथा आगामी वर्षको प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष नारायण प्रसाद सुवेदीले प्रस्तुत गरेको आयव्यस विवरणहरु परिमार्जन सहित सर्वसम्मत पारित गरिएको थियो। अधिवेसनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय पोखराका शाखा अधिकृत वालाकृष्ण सुवेदीले गरेका थिए । उनले सहकारी संस्थाहरुले नयाँ परिस्थिति अनुसार उत्पादनसील क्षेत्रमा लगानी वढाउँदै जानु पर्ने र पोखरा पर्यटकीय क्षेत्र भएकोले पर्यटकसंग सम्बन्धित वस्तु तथा सेवाको उत्पादनमा लगानी गर्नुपर्ने वताए। संस्थाका अध्यक्ष श्रीबहादुर रानाभाटले कृस्तिमा पर्यटन र कृषिको क्षेत्रमा लगानी बढाउने गरी सहकारीले कार्य गरिरहेको वताए ।
 
सो अवसरमा गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष बरिष्ठ अधिवक्ता तिलक आचार्य, नेपाल रेडक्रस सोसाईटी पोखरा १७ उपशाखा सभापति तीर्थराज अधिकारी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल, कृस्ती पोखरा समाजका अध्यक्ष देविबहादुर थापा, पोखरा उद्योग वाणिज्य संघका एसोसिएट सदस्य अर्जुन पोख्रेल, डेभिज फल टोल विकास संस्थाका अध्यक्ष दिपेन्द्र पौडेल, डेभिज फल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन अधिकारी, गुप्तेश्वर महिला वचत तथा ऋण सहकारीकी अध्यक्ष सीता वराल लगायतले बोलेका थए । कार्यक्रममा असल ऋणिको तर्फबाट दुर्गाप्रसाद पौडेल, असल वचत कर्ताको तर्फबाट मुक्तिबहादुर कुँवर, २०७१ सालको एसएलसी उत्तिर्ण शेयर सदस्यका छोराछोरीमध्ये छात्र तर्फबाट सुमिन सुवेदी र सविन थापा, छात्रातर्फ नम्रता रेग्मीलाई प्रमुख अतिथिले सम्मानपत्र, अविर र खादा लगाई सम्मान गरेका थिए।
 
२०७० सालमा ४९ जना सदस्यबाट सुरु गरिएको सो सहकारीमा हाल २२१ जना शेयर सदस्य रहेका छन् भने शेयर पुजी एक करोड भन्दा बढि रहेको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले वताए। संस्थाका अध्यक्ष श्रीबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डा. सिपी आचार्य, सहकारीका सात सिद्धान्त वाचन सदस्य मीना रानाभाट, संचालन कृस्ती पोखरा समाजका सचिव राजेन्द्रबहादुर थापा र सहकारीका सहसचिव रमेश पहारीले गरेका थिए।

Post a Comment

 
Top