0
विजयादशमीलाई नेपालीहरूले महान पर्वको रुपमा मनाउने गर्दछन् । दशैको सामाजिक, सांस्कृतिक र धार्मिक महत्व आफ्नै ठाँउमा छन् । यी महत्वका कारण नै दशैं अब धार्मिक पर्वमा मात्र सीमित नरही एउटा संस्कृति नै बनिसकेको छ । सामाजिक एकता, सहकार्यता, आपसी मेलमिलाप र पारिवारिक मिलनको संस्कृतिका रुपमा दशै भित्रिएको छ । दशैंले मनमा उमंग ल्याउने कोशिस गरिरहेको हुन्छ, मान्छेहरुको मनलाई अलिकति भएपनि उत्साहित गरिदिएको हुन्छ । आफ्नो क्षमता र अवस्था अनुसार सबैले रमाएरै दशैं मनाइरहेका हुन्छन् । एउटा दशैं सकिंदै गर्दा अर्को दशैंलाई कसरी व्यवस्थापन गर्ने भन्ने मानसिक तयारी गरिने भएका कारण दशैले सबैमा खुशी नै ल्याएको हुन्छ । दशैं मनाउनका लागि व्यक्तिको तयारी आफ्नो ठाँउमा छ । तर, बजारको तयारी र बजारलाई नियमन गर्ने निकायको तयारी अर्को पक्ष हो । त्यसैगरी सुरक्षा सतर्कताको तयारी अर्को पक्ष हो । व्यक्तिको तयारीलाई पूर्णता दिन त्यही अनुसार बजार रहनु पर्छ भने सुरक्षाको व्यवस्था पनि त्यही अनुसार हुन जरुरी छ । बजारमा अत्यावश्यक वस्तुको अभाव देखाउने, कालाबजारी गर्ने तथा मुल्य वृद्धिगर्ने जस्ता गलत कामहरु पनि दशंैको मुखमा हुने गर्दछ । यो उपभोक्ताहरुको खुशीलाई व्यापारमा बदल्ने गलत नियतबाट हुने गर्दछ । तसर्थ व्यक्तिको तयारी अनुसार दशैं मनाउने अबस्था तयार गर्न र उनीहरुको खुशीलाई किञ्चित खलबलिन नदिनका लागि बजारमा हुने यस्ता विसंगतिहरुलाई रोक्नका लागि स्थानीय प्रशासन तथा सरोकारवाला पक्ष गम्भीर हुन जरुरी छ । बजारको नियमित अनुगमन गर्न पनि जरुरी छ । बदमासी गर्नेलाई कार्बाहीको दायरामा ल्याएर दशैंको उमंगलाई जोगाई राख्नका लागि यो प्रकारको अनुगमनले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । त्यसैगरी अर्को पक्ष भनेको सुरक्षा व्यवस्था हो । खुशीको उन्मादले ल्याउने एउटा नकारात्मक परिणति भनेको भैm–झगडा हो । यो प्रकारको उन्माद कोही नागरिकमा नदेखियोस् । यसमा समाज आफै र समाजका सदस्यहरु आफै गम्भीर हुन आवश्यक छ । त्यसबाहेक सुरक्षा निकायको सतर्कता, सक्रियता र अपराध नियन्त्रणमा तदारुकता पनि उत्तिकै आवश्यक पर्दछ । यी ‘सेवा’ हरु उपलब्ध गराउनका लागि सम्पूर्ण रुपमा तैयारी अवस्थामा सुरक्षा निकाय रहन सक्नुपर्दछ । यसो भयो भने दशंै खुशीयालीकै बीचमा सकिन्छ र दशैंको महत्व झनै बढ्दै जान्छ । यति भनिरहँदा अर्को भूल्नै नहुने पक्ष भनेको व्यक्ति आँफैको भूमिका पनि हो । पर्वलाई अनावश्यक भड्किलो नबनाउनेदेखि समाजलाई अनुशासित रुपमा दशैं मनाउनका लागि आबश्यक वातावरण निर्माण गर्ने दायित्व समाजका सदस्यहरुले मात्रै निर्वाह गर्न सक्दछन् । तसर्थ दशैंलाई सभ्य र भव्य रुपमा मनाउने परिस्थिति निर्माणमा हामी आँफैको भूमिका के भनि सोचांै, खोजांै र तदनुकलको भूमिका निर्वाह गरौ । दशैं भित्रिसकेको छ । यसको महत्वहरुले समाजलाई बलियो बनाउने हो, व्यक्तिको मन बलियो बनाउने हो । समग्रमा हामी सबै बलियो हुने हो । यही रुपमा दशैं मनाइएमा हाम्रो उमंग सामाजिक एकता निर्माण गर्नमा सदुपयोग हुने छ । प्रतिष्पर्धा होइन, सहकार्यका साथ दशंै मनाउने तर्फ सोचौ । सबैलाई दशैंका अवसरमा सुख, शान्ति, संवृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना !

Post a Comment

 
Top