0
म्याग्दीको बेनीमा १८ वर्षदेखि सञ्चालित बविन टेलरिङ एण्ड सटिङ सुटिङको शाखा पोखराको न्यूरोडमा सञ्चालनमा आएको छ । हालै सञ्चालित शाखामा ब्राण्डेड कोट, पाइन्ट र सर्टको बिक्री भइरहेको सञ्चालक बविन बागदासले जानकारी दिए । म्याग्दीमा सफलता प्राप्त गरेपछि पोखरामा शाखा बिस्तार गरेको उनले बताए । बविन टेलरिङमा रेमण्ड, सियाराम, रिड एण्ड टेलर, बेन्ट्ली, एस्भिरा, क्युम्याक्स, अंगुरा लगायतका ब्राण्डेड कम्पनीका कपडाहरु बिक्री भइरहेको बागदासले बताए । ‘ब्राण्डेड कम्पनीका कपडाहरु बिक्री गरिने भएकाले पोखरा आएको छोटो समयमा नै ग्राहकको मन जित्न सफल भएका छौं,’ उनले भने,–‘ग्राहकको चाहना अनुसारको कपडा बिक्रीसहित सिलाईको सुविधा पनि उपलब्ध छ ।’ दक्ष तथा अनुभवी कालिगढबाट कपडा सिलाई गरिने उनले बताए । ‘अत्याधुनिक मेसिनबाट पेस्टिङ गरी कपडा सिलाउँछौं,’ उनले भने,–ग्राहकलाई सन्तुष्ट बनाउन हामी सफल छौं ।’ लामो समयदेखिको व्यवसायिक अनुभवलाई पोखरामा आएर स्थापित गरेको बागदासको अनुभव छ । ‘इन्डियन, बैंकक, इटालियन, इङ्ल्याण्ड लगायतका देशका ब्राण्डेड कपडाहरु बिक्री गरिरहेका छौं,’–उनले भने । बविन टेलरिङमा १८ जनाले रोजगारी पाइरहेका छन् ।

Post a Comment

 
Top