0
गोल्डेन न्यूज संवाददाता
वडा प्रहरी कार्यालय रामबजार बाट सरुवा भइ जान लागेका प्रहरी निरीक्षक केशव वस्नेतलाई पश्चिमाञ्चल भलिवल संघले एक कार्यक्रमको बीच बधाइ तथा सम्मान गरेको छ । कार्यक्रममा संघका अध्यक्ष छ्याम थापाले खादा ओढाइ विदाई तथा आगामी कार्यकालको शुभकामना ब्यक्त गरे । कार्यक्रममा वोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एम बहादुर गुरुङले प्रहरी निरीक्षक बस्नेतको कार्यकालमा खेलकुदका कार्यक्रमहरु सौहार्दपूर्ण रुपमा सम्पन्न भएको वताए ।

पोखरा खेलकुदको राजधानी शहर भएको वताउँदै वडा प्रहरी कार्यालय रामबजारको मातहतमा पर्ने पोखरा रंगशालामा सम्पन्न हुने हरेक खेलकुदका कार्यक्रमहरु सौहार्दपूर्ण रुपमा सम्पन्न गराउनमा प्रहरी निरीक्षक बस्नेतले खेलेको भूमिकालाई खेलकुदकर्मी संघ सस्थाहरुल्े कहिल्यै नभुल्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा वोल्दै विदा भएर जान लाग्नु भएका प्रहरी निरीक्षक बस्नेतले पोखरा बसाइको क्रममा आफूले प्रहरी संगठन संगै आफु कार्यरत कार्यालय व्यवस्थापनलाई जोड दिएको बताए । रामबजार एरियाको कमाण्डर सम्हालेदेखि आफ्नो कार्यालय मातहतमा पर्ने विभिन्न ब्याक्ति तथा संघ सस्थाहरु संगको सहकार्यमा कार्यालयका अधिकाश भौतिक संरचनाहरु पुन निर्माणलाई आफूले प्राथमिकतामा राखेर पुनःनिर्माणकार्य सम्पन्न गरेको वताउँदै बस्नेतले आफूले सेवाग्राहीलाई मध्येनजर गर्दै यस्तो क्रियाकलाप लाई जोड दिएको स्पष्ट पारे । कार्यक्रममा वोल्दै पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापाले प्रहरी निरीक्षक बस्नेतको कार्यकालमा रामबजार क्षेत्रमा कुनै पनि किसिमको अप्रिय घटना नघटेको र आफूहरु शान्तिपूर्ण वातावरणमा बस्न पाउनुमा आफैमा प्रहरीको काम कर्तब्य कतिसम्म स्पष्ट छ भन्ने प्रस्ट भएको वताए । शान्ति अमन चयन संगै प्रहरी निरीक्षक बस्नेतले आफ्नो कार्यालयमा सु शासनसंगै भौतिक संरचना स्तरोन्नतिका लागि पहल गरी सफल भएकोमा बधाइ ब्यक्त गर्दै अव आउने कार्यालय प्रमुखले यस्ता संरचनाको संरक्षणमा जोड दिनुपर्ने बताए । कार्यक्रममा पोखरामा क्रियाशिल खेलकुुद कर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

Post a Comment

 
Top