0
गोल्डेन न्यूज संवाददाता
पोखरा–१५, रामबजारमा रहेको अलकापुर बचत तथा ऋण सहकारी संस्थाको सातौँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ख्यामनारायण पौडेलको अध्यक्षतामा भएको कार्यव्रmमको ज्येष्ठ सदस्यहरुद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको थियो । कार्यव्रmममा लेखा समितिका संयोजक जयबहादुर केसीले वार्षिक लेखा प्रतिवेदन, कोषाध्यक्ष खडानन्द लामिछानेले आर्थिक प्रतिवेदन तथा सचिव गुरुदत्त कोइरालाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यव्रmमका प्रमुख अतिथि सहकारी डिभिजन कार्यालयकी प्रशिक्षण प्रमुख ईश्वरी ढकालले छोटो समयमा सहकारीले आर्थिक क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गरिन् । कार्यव्रmममा रामबजार टोल विकास समन्वय समितिका संयोजक प्रकाश पौडेलले पनि शुभकामना दिएका थिए । २ करोड ५० लाखको शेयर पुँजी रहेको सहकारीले विभिन्न कार्ययोजना हरु समेत पास गरेको सदस्य भेषराज पौडेलले जानकारी दिए ।
 
यसैगरी बाराही बचत तथा ऋण सहकारी संस्था लि.पोखरा १७ को सोह्रौं साधारणसभा सम्पन्न भयो । सल्लाहकारहरु दुर्गादत्त पगेनी, बाबुराम पाठक र अजित शेरचनले संयुक्त रुपमा उद्घाटित साधारणसभामा उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठले स्वागत र शेयर सदस्य कमलादेवी पगेनी, सल्लाहकार बाबुराम पाठकले शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य पुरुष तर्फ कमलराज अधिकारी र मिनकाजी गुरुङ्ग तथा महिलातर्फ तिलकुमारी गौचन र विना दर्जीलाई सम्मान गर्नुको साथै ०७१ सालको एसएलसी परीक्षामा शेयर सदस्यका छोराछोरीमध्ये सर्वोत्कष्ट अंक ल्याउन सफल कविता भट्टराईलाई समेत सम्मान गरिएको थियो ।

Post a Comment

 
Top