0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चले सार्वभौमत्ता सम्पन्न, स्वतन्त्र मुलुक नेपालमाथि भारतले संविधानमा असन्तुष्टि जनाउँदै अघोषित रुपमा गरेको नाकाबन्दीको भत्र्सना गरेको छ । मञ्चका अध्यक्ष बेनी पाठक र सचिव गोकर्ण अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफूले चाहेजस्तो नभएपछि एकपछि अर्को धम्कीपूर्ण भाषामा विज्ञप्ति जारी गर्दै आएको भारतले मधेश आन्दोलनले असुरक्षा बढेको तर्क गर्दै भारतीय हस्तक्षेप विरुद्ध एक हुन अपिल गरेका छन् । भारतको नाकाबन्दीका कारण देखिएको समस्या हल गर्न सरकारले तेस्रो मुलुकबाट अत्यावश्यक सामाग्री आयात गरी सहज बनाउन विज्ञप्तिमा भनिएको छ। ‘अत्यावश्यकीय ईन्धन लगायतका वस्तुहरु रोकेर निन्दनीय कार्य गरेको छ । सरकारले यथाशीघ्र बजारमा सहजीकरण गराउनका लागि तेस्रो मुलुकबाट व्यवस्था गरियोस् । विज्ञप्तिमा भनिएको छ । करिब ९० प्रतिशत जनप्रतिनिधिको हस्ताक्षर रहेको संविधानमा बाह्य मुलुकले चिन्ता गर्नुपर्ने कारण नभएको जनाउँदै मञ्चले मधेशी समुदायको मागलाई वहाना बनाएर भारतले आन्तरिक मामलामा चलखेल नगर्न पनि चेतावनी दिईएको छ ।

Post a Comment

 
Top