गोल्डेन न्यूज संवाददाता
भारतले लगाएको अघोषित नाकाबन्दीको कारण पोखराको बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । अभावपछि वितरणमा सहज बनाउन जिल्ला प्रशासन कार्यालयले मुख्य अत्यावश्यक सवारीलाई मात्रै पेट्रोलियम पदार्थ दिने निर्णय गरेको छ । कास्की प्रशासनले अत्यावश्यक पेट्रोलियम पदार्थ वितरणका लागि पोखरा चार पेट्रोलपम्पलाई तोकेको छ भने अत्यावश्यक सेवाको लागि दिईने तेल वितरणको मात्रा पनि तोकेको छ । अत्यावश्यक सेवाको लागि शसस्त्र प्रहरीले सञ्चालन गरेको कालिका पेट्रोलपम्प मालेपाटन, नेशनल ट्रेडिङको पेट्रोलपम्म पृथ्बीचोक, रानीपौवा आयल स्टोर्स रानीपौवा र पश्चिमाञ्चल आयल स्टोर्स लेखनाथबाट पेट्रोलियम पदार्थ वितरणको ब्यबस्था मिलाएको कास्की साहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
तोकिएको पेट्रोलपम्पबाट सुरक्षा निकायका सवारीलाई आवश्यकता अनुसार, अस्पताल र सञ्चारगृह सञ्चालनको लागि तीन दिनलाई आवश्यक पर्ने, दूध बोक्ने ट्यांकरका लागि ४० लिटर, फोहोर बोक्ने गाडीलाई ३० लिटर, एम्वुलेन्स, शब वाहनलाई एक पटकमा २० लिटर, नगर क्षेत्रभित्रका दूध, पानी बोक्ने साना गाडीलाई २० लिटर तथा दमकलका लागि आवश्यकता अनुसार तेल उलपब्ध गराउने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्की प्रशासनले बुधबारदेखि नै नीजि तथा भाडाका सवारी साधनलाई तेल दिन रोक लगाएको छ । जसले गर्दा बिहीबार पोखरमा सार्वजनिक यातायात कम चल्ने देखिएको छ ।
यसैबीच पश्चिमाञ्चल होटल संघ पोखराले ग्याँस तथा अन्य इन्धन अभावमा पर्यटन क्षेत्र र खासगरी होटल क्षेत्र गंभीर संकटमा परेको बताउँदै आपूर्ति व्यवस्था सहज बनाउन सरकारसँग माग गरेको छ । संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय कास्की पुगी खाना पकाउने ग्याँस नहुँदा पर्यटकलाई सेवा पु¥याउन कठिन भएको अवगत गराएको थियो । पाहुना बोलाएर खाना खुवाउन सकिएन भने लाजमर्दो अवस्था सिर्जना हुने कारण आफूहरु इन्धन आपूर्ति सहज बनाउन प्रजिअ कार्यालय पुगेको संघका अध्यक्ष भरतराज पराजुलीले बताए । अहिले पर्यटकीय सिजन भएका कारण केही माात्रामा विदेशी पर्यटक बढ्न थाले पनि अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्याँस, पेट्रोल तथा डिजल लगायतका इन्धनहरुको अभाव हुँदा समस्या परेको अध्यक्ष पराजुलीले बताए ।
यसैबीच पश्चिमाञ्चल होटल संघ पोखराले ग्याँस तथा अन्य इन्धन अभावमा पर्यटन क्षेत्र र खासगरी होटल क्षेत्र गंभीर संकटमा परेको बताउँदै आपूर्ति व्यवस्था सहज बनाउन सरकारसँग माग गरेको छ । संघको एक टोली बुधबार जिल्ला प्रशासन कार्यालय कास्की पुगी खाना पकाउने ग्याँस नहुँदा पर्यटकलाई सेवा पु¥याउन कठिन भएको अवगत गराएको थियो । पाहुना बोलाएर खाना खुवाउन सकिएन भने लाजमर्दो अवस्था सिर्जना हुने कारण आफूहरु इन्धन आपूर्ति सहज बनाउन प्रजिअ कार्यालय पुगेको संघका अध्यक्ष भरतराज पराजुलीले बताए । अहिले पर्यटकीय सिजन भएका कारण केही माात्रामा विदेशी पर्यटक बढ्न थाले पनि अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्याँस, पेट्रोल तथा डिजल लगायतका इन्धनहरुको अभाव हुँदा समस्या परेको अध्यक्ष पराजुलीले बताए ।
एउटै होटलमा सयौं कर्मचारी हुने तारे होटलले कर्मचारीलाई समेत खाना खुवाउन समस्या परेको बताउँदै पराजुलीले उनीहरुलाई दाउरा बालेर खाना पकाएर खुवाउन थालिएको जानकारी दिए । पर्यटन क्षेत्रलाई समेत अत्यावश्यक र संवेदनशिल क्षेत्र मानी सरकारले विशेष व्यवस्था गरी निश्चित मात्रामा ग्याँस र तरल इन्धन उपलब्ध गराउनुपर्ने माग संघले गरेको छ । यही विषयलाई लिएर संघको एक टोली बुधबार जिल्ला प्रशाशन कार्यालय कास्कीमा पुगेको थियो । टोलीले अहिले उद्योग धन्दा कम चलेको अवस्थामा लोडसेडिङ नगरी होटलहरुलाई केही सहज वातावरण सिर्जना गर्नतर्फ सरकारले पहल गर्नुपर्ने माग प्रजिअ समक्ष राखेको थियो । विमानस्थल उत्रिएका पर्यटकलाई होटल सम्म पुर्याउन र होटलबाट घर फिर्दा विमानस्थल सम्म पुर्याउन डिजल तथा पेट्रोल आबश्यक पर्ने हुँदा यसका लागि विशेष व्यवस्था गर्न आफूहरुले माग गरेको संघका निवर्तमान अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिए ।
पर्यटक बसहरुका लागि इन्धन उपलब्ध भए पर्यटकहरुलाई समूहमा ओहोर–दोहोर गराउन सहज हुने सुझाव उनले राखे । तर ग्याँस नै उपलब्ध नहुँदा खाना खुवाउन सारै समस्या परेको उनले सुनाए । पोखरामा करिव पाँच सयको हाराहारीमा पर्यटकीय स्तरका होटल छन् । ती मध्ये स्टार लेभलका होटलमा निश्चित मापदण्ड पालना गर्नुपर्ने हुन्छ । कर्मचारी पनि ती होटलमा धेरै हुन्छन् । पर्यटकलाई चौवीस घण्टा चिसो तातो पानी तथा जेनेरेटर चलाएर भए पनि उज्यालो तथा पावल दिनुपर्ने कारण समस्यामा परेको संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले बताए । ट्राभल एजेन्सीका वस र होटलका वस समेत पाहुना ओसार्ने अवस्थाबाट तेल नहुँदा बंचित भएको उनले सुनाए ।
जिल्ला प्रशाशन कार्यालय कास्कीका प्रमुख प्रजिअ कृष्णवहादुर राउतले खाना पकाउने ग्याँसको समस्या एकदमै जटिल अवस्थामा पुगेको बताउँदै संभव भएसम्म अब दाउरा पनि विकल्पको रुपमा शोच्नुपर्ने सुझाव राखे । उनले पर्यटन क्षेत्रका लागि आफूहरुले एकदुई दिन भित्रैमा के गर्न सकिन्छ बैठक बसेर निर्णय गर्ने आश्वासन दिए । डिजल तथा पेट्रोलको हकमा अव निजी सवारीलाई इन्धन दिन रोकिएको र अत्याबश्यक सेवालाई मात्र डिजल पेट्रोल उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।खासगरी अस्पतालमा विरामी नै मर्ने अवस्था नआओस् भनी अस्पताल भित्र र एम्वुलेन्सका लागि इन्धन प्राथमिकतामा राखिएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।
यसैबीच भारतले अधोषित रूपमा नाकाबन्दी गरि नेपाली जनतालाई र नेपालमाथि गरेको अन्यायप्रति दुःख व्यक्त गर्दे पोखराका एफएम रेडियोहरुले मंगलबार देखी हिन्दीगीत बजाउन छाडेका छन् । पोखरामा रहेका माछापुच्छे एफएम, बाराही एफएम, विग एफएम लगायतले हिन्दी गित बजाउन छाडेका हुन् । भारतले लगाएको एकतर्फी नाकाबन्दी नखुलेसम्म हिन्दी गीत नबजाउने निर्णय गरेको एफएम संचालकहरुले जानकारी दिएका छन् ।
Post a Comment