0
गोल्डेन न्यूज संवाददाता
नीलगिरि बचत तथा ऋण सहकारी संस्था लि. को १६औंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा उद्घाटन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रीनाथ अधिकारीले संस्थाले गरेको उल्लेखनीय प्रगतिको प्रशंसा गरे । सो अवसरमा सहकारीमा सबैभन्दा बढी बचत गर्ने शेयरसदस्य रुक्मिणी बराल, सबैभन्दा धेरै कारोबार गर्ने दीनबन्ध पोखरेल, ज्ञानेन्द्रराज पौडेल, मीना रिजाल गौतम, गणेशराज भारती र पुण्डरीप्रसाद बराल सम्मानित भए । साथै प्लस टुमा सर्वोत्कृष्ट नतिजा ल्याउने शेयरसदस्यका छोराछोरीमध्ये छात्रतर्फ अमित पौडेल र छात्रातर्फ प्रज्ञा पोखरेल तथा एसएलसीमा छात्रतर्फ विशाल लामिछाने र छात्रातर्फ आँचल सुनुवारलाई सम्मान गरियो । साथै सिए उत्तीर्ण आशीष शर्मा सम्मानित भए । संस्थाका पूर्वअध्यक्ष कालीदास पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञानेन्द्रराज पौडेल, सल्लाहकार लीलाभक्त आचार्य, धर्मराज अधिकारी, महाप्रसाद सुवेदीले बोलेका थिए । संस्था अध्यक्ष कालीदास पौडेलले वार्षिक प्रतिवेदन, लेखासमिति संयोजक कृष्णप्रसाद पौडेलले लेखा समिति प्रतिवेदन र कोषाध्यक्ष गंगाधर पौडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठले स्वागत र सचिव लेखना बरालले कार्यक्रम संचालन गरेका थिए । संस्थाको चुक्ता पुँजी चार करोड २३ लाख छ भने निक्षेप संकलन १५ करोड ५८ लाख छ । सहकारीमा हाल ४ सय ४२ जना शेयरसदस्य छन् ।
 
यसैगरी पोखरा–१७ रामेश्वर मार्गस्थित रामेश्वर कृषि सहकारी संस्था लि.को दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभा उद्घाटन गर्दै क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक लेखनाथ आचार्यले कृषि क्षेत्रमा प्राप्त अनुदान लगायतका सहयोगलाई निरन्तरता दिने बताए । वरिष्ठ कृषि अधिकृत रमेशप्रसाद कोइरालाले रामेश्वर कृषि सहकारी यस क्षेत्रकै नमुना सहकारी भएको बताए । जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवजी कोइरालाले कृषि सहकारीले  कृषि कार्य तथा बचत समेत गर्न पाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले बिरुवा फाँटमा खेतीयोग्य जमिन संरक्षण गरी आत्मनिर्भर बन्नुपर्ने बताइन् । संस्था सल्लाहकार लीला पंगेनी, दुर्गादत्त बराल, पुण्डरी बराल, बिरुवा टोल विकास संस्था अध्यक्ष खमबहादुर केसी, बिरौटा सहकारी उपाध्यक्ष टीका पौडेलले बोलेका थिए । संस्था अध्यक्ष लक्ष्मण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लीराम भट्टराईले र संचालन सचिव शालिकराम भण्डारीले गरेका थिए । सो अवसरमा प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयरसदस्यका छोराछोरीलाई सम्मान गरिएको संस्था अध्यक्ष लक्ष्मण पोखरेलले बताए ।

Post a Comment

 
Top