0
गोल्डेन न्यूज संवाददाता
भारतबाट पेट्रोलियम पदार्थ आउन बन्द भएपछि त्यसको मार आम सर्वसाधारणले मात्र नभएर उद्योगी, व्यवसायीले पनि खेप्नुपरेको छ । आम सर्वसाधारणले एलपी ग्यासको अभावमा दाउरा र भुसे चुलाको प्रयोग गर्न थालेका छन् भने आफ्ना सवारीसाधन थन्क्याएर सार्वजनिक बस चढ्ने या साइकल तथा पैदल यात्रा गर्नेक्रम पनि शुरु भएको छ । आफ्नो काम विशेषले विभिन्न ठाउँमा आवत–जावत गर्नेहरुले पनि असुविधा भोग्नुपरेको छ । सार्वजनिक सवारी साधन र त्यसमा पनि ट्याक्सी चालकले सर्वसाधारण यात्रुबाट बढी भाडा अशुल्न थालिसकेका छन् ।  सर्वसाधारणमात्र नभएर पोखरा र आसपासका प्रतिष्ठित व्यवसायीहरु पनि पेट्रोलियम पदार्थको मारमा परेका छन् । विशेषगरि लामो दूरीमा चल्ने बस विगतमा मधेश र तराइ बन्दका कारण चल्न नसकेकोमा यतिबेला पेट्रोल डिजेल नपाउँदा थन्किएर बसेका छन् । जसका कारण यातायात व्यवसायीहरुले बैंकमा तिर्नुपर्ने किस्ता र यातायात मजदूरलाई दिनुपर्ने तलव सुविधा दिन समस्या परेको बताउँछन् । यातायात व्यवसायीमात्र नभएर पोखराको विभिन्न स्थानमा संचालनमा रहेका रेष्टुरेन्टहरु मध्ये केही रेष्टुरेन्ट ग्यासको अभावमा बन्द भएका छन् । पोखराको लेकसाइड एवं बजार क्षेत्रमा संचालित केही रेष्टुरेन्ट बन्द भैसकेको र यस्तै अवस्था कायम रेहेमा केही दिनमा नै आफ्नो रेष्टुरेन्ट समेत बन्द गर्नुपर्ने अवस्था आउने विपिचोकमा संचालित मेनस्ट्रिट रेष्टुरेन्टका संचालक निरबहादुर थापा बताउँछन् ।
पोखराको लेकसाइड स्थित पेमा तिबेतियन रेष्टुरेन्टका संचालकले खाना लगायतका विभिन्न परिकार दाउरामा पकाउन थालिएको बताइन । उनले भनिन्–‘ग्यास त एकदमै कम प्रयोग गरिएको छ । अब दुइचार दिनमा ग्यास पाउन सकिएन भने रेष्टुरेन्ट व्यवसायमा जटिलता उत्पन्न हुन्छ ।’
 
यस्तै समस्या रेष्टुरेन्टमा मात्र नभइ सबै क्षेत्रमा परेको छ । विभिन्न उद्योग धन्दाले वस्तु र सेवाको उत्पादन र वितरणमा पेट्रोल अभावका कारण समस्या व्यहोर्न बाध्य भएका छन् । पेट्रोल डिजेल नहुँदा जेनेरेटर बन्द गर्नुपरेको र अधिकांश उद्योगहरुको उत्पादनमा कमि आएको पोखरा औद्योगिक क्षेत्रका उद्योगीहरु बताउँछन् । विभिन्न सेवा प्रवाह गर्ने उद्योग धन्दाले समेत पेट्रोलियम पदार्थको अभावमा सेवा सुचारु गर्न सकेका छैनन् । उनीहरुले प्रभावकारी सेवा दिनका लागि ढुवावी तथा यातायात व्यवस्था आवश्यक रहेपनि अहिले पेट्रोलियम पदार्थ नपाउँदा समस्या उत्पन्न भएको बताउँछन् । विभिन्न विद्युतीय संचार संस्था अर्थात रेडियो र टेलिभिजनको नियमित संचालनमा आवश्यक पर्ने डिजेल, पेट्रोलको अभावमा बेलाबखत बन्द हुने गरेका छन् । सर्वसाधारणहरु विभिन्न पेट्रोल पम्प अगाडि सयौं सवारी साधन डिजेल पेट्रोलको प्रतिक्षा गर्दै घण्टौंसम्म लाम बसेपनि कि त डिजेल पेट्रोल नपाउने र पाइ हालेपनि ज्यादै न्यून परिमाणमा पाउने भएकाले समस्या भोग्न बाध्य छन् ।
 
यसैबीच पेट्रोलियम पदार्थ आउने हल्लाले पोखरा–५ मालेपाटनस्थित सशस्त्र प्रहरी बलको पेट्रोल पम्पमा राति १२ बजेसम्म सयौं सवारी साधन लामवद्ध दिएर । राति १२ बजेपछि पेट्रोल नआउने जानकारी प्रहरीले दिएपछि सर्वसाधारण निराश हुँदै घर फर्किन बाध्य भएका थिए ।    

Post a Comment

 
Top