0
गोल्डेन न्यूज संवाददाता
 शुभेच्छा बचता तथा ऋण सहकारी संस्था लि. पोखरा–३, तेर्सापट्टि पोखराको १७ औँ साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै संस्थाका सल्लाहकार एवं प्रमुख अतिथि दामोदर चालिसेले संस्थाको स्थापना देखि हालसम्मको उपलब्धीलाई निरन्तरता दिंदै व्यक्तिमैत्री नभएर संस्थामैत्री बनाएर सहकारीको भावनाअनुसार अगाडि बढ्न सबैलाई आग्रह गर्दै आफूपनि सोहि अनुसार चल्ने वचन दिए । सभामा अध्यक्ष विना लोहनी तामाङ्ग द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखासमिति संयोजक दयाराम सुवेदीद्धारा प्रस्तुत प्रतिवेदन, सचिव नरेन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्ष मोक्षनाथ तिमिल्सिना द्वारा प्रस्तुत आ.व. २०७१÷०७२ को वास्तविक वार्षिक र चालु वर्षको प्रस्तावित नीति तथा कार्यक्रम सहित आम्दानीतर्फ ३ करोड ८४ लाख २९ हजार ५ सय ६६ रुपैयाँ ३४ पैसा, खर्चतर्फ २ करोड ९१ लाख ८२ हजार र नाफातर्फ ९२ लाख ४७ हजार ५ सय ६६ रुपैयाँ ३४ पैसाको अनुमानित बजेट पारित ग¥यो । संस्थाका अध्यक्ष विना लोहनी तामाङ्गको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष मोक्षनाथ तिमिल्सिना, सहकारीका सात सिद्धान्त प्रस्तुत सञ्चालक सदस्य होमनाथ पौडेलले गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बाबुराम गिरि, अर्थविद् प्रा.डा. यादव प्रसाद गौडेल, प्रा.डा. डिल बहादुर क्षेत्री, सल्लाहकार रत्नजङ्ग कार्की लगायतले संस्थाका सदस्यहरुको लगनशीलता, सहकारीको भावना बुझेर सबै शेयर सदस्यहरुलाई समेट्दै लगेकाले यसको उज्वल भविष्य रहेको र आर्थिक जोखिम कम हुन सदस्य बिचमा राम्रो अन्तर्सम्बन्ध नीति अगाडि बढाउँदै समयसापेक्ष अनुसार चल्नुपर्ने सुझाव दिएका थिए । शेयर सदस्यहरु निर्मल गिरि, जगन्नाथ तिमिल्सिना लगायतले सामाजिक उत्तरदायित्व वहन गर्न राय प्रस्तुत गरेका थिए ।
सभामा वर्ष कर्मचारी मधुमाया सापकोटा, असल शेयर सदस्य दीर्घ बहादुर कोइराला, असल ऋणि प्रेम कुमारीलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । सभामा बोल्दै संस्थाका अध्यक्ष विना लोहनी तामाङ्गले १७ औँ साधारणसभाबाट प्राप्त सुझावलाई सहकार्य गर्न सहकारी ऐन नियम र सहकारी नीति नियमानुसार निःस्वार्थ भएर सेवा गर्न सदस्यहरुलाई आह्वान गर्दै सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र कुमार श्रेष्ठले गरेका थिए ।
यसैगरी पोखरा स्थित सिद्धार्थचोकमा अबस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. को पाचौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि जिल्ला सहकारीसंघ कास्कीका अध्यक्ष रविरमण तिवारीले गरेका थिए । सो अवसरमा आप्mनो उद्घाटन मन्तब्य दिदै अध्यक्ष तिवारीले सहकारीहरुबाट आम नागरीकहरुको आर्थिक गर्जोलाइ सहज बनाएको भएपनि हाल अधिकांश सहकारीहरुले लगानी उठाउन नसकेको भन्दैै असल ग्राहकहरु विकास बैङ्क तथा अन्य वित्तीय संस्थातिर जाने गरेको र कमजोर तथा बेइमानहरु सहकारीहरु तर्फ आउने पवृत्ति बढ्दै गएको छ यसबाट शतर्कता अपनाउदै सहकारीलाइ अगाडि बढाउन चुनौतिपूर्ण रहेको बताए । कार्यक्रममा संस्थाका सचिव धर्मराज अर्यालले सचिबको प्रतिबेदन तथा कोषाध्यक्ष राजुकुमार शर्माले सहकारीको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । २०६८ सालमा स्थापना भएको नमस्ते बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको छोटो अबधिमा पनि आप्mनो छटटै पहिचान बनाउन सफल भएको छ । संस्थाको चुक्ता पँुजी १ करोड ८२ लाख ९४ हजार ९ सय रुपैयाँ रहेकोमा आगामी बर्ष अर्थात ०७३÷०७४ मा चुक्तापँुजी ५ करोड बनाउने योजना रहेको अध्यक्ष नारायण पौडेलले सो अवसरमा बताए । नबिन बरालको स्वागत तथा धर्मराज अर्यालको संचालनमा भएको कार्यक्रममा शेयर सदस्य युक्त बहादुर सुबेदी, रमेश लिगल लगायतले प्रतिवेदनमा सुझाव प्रस्तुत गर्दै आ–आप्mना धारणा राखेका थिए ।   
यसैगरी पोखरा–७ मासबारमा अवस्थित किसान जागरण बहमुखी सहकारी संस्था लि.को १६ औं साधारणसभा शनिवार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दैै राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य प्रभा कोइरालाले सहकारीले सामूहिक खेती, सहकारी पसल संचालनका लागि शेयर तथा बचतको सीमा बृद्धि गर्नुपर्ने बताइन । उनले यस कार्यमा राष्ट्रिय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकसमेतबाट पनि सहयोग लिन सकिने बताइन ।
कार्यक्रममा मासबार आमा समूहकी अध्यक्ष टिकादेवी अधिकारी, सल्लाहकार तेजनारायण अधिकारी, नेरेसो कास्कीका उपसभापति दण्डराज शर्मा, टुकुचे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा संस्थाका उपाध्यक्ष मोतिराम बरालले वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन लेखासमिति संयोजक डमरुराज बरालले प्रस्तुत गरेका थिए भने उक्त प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो । संस्थाका अध्यक्ष लिलाभक्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य  उपाध्यक्ष मोतिराम बराल र कार्यक्रमको संचालन सचिव शिव प्रसाद बरालले गरेको जानकारी संचालक सदस्य इन्दिरा बरालले जानकारी दिए ।
यसैगरी समबृद्धि बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ८ को आठौं साधारणभा शनिवार सम्पन्न भएको छ । पृथ्वीनारायण बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा.देवेन्द्र बहादुर लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभामा सहकारीका अध्यक्ष लक्ष्मण प्रसाद कोइरालाबाट आ.व.२०७१÷०७२ को सहकारीको प्रगति प्रतिवेदन तथा आ.व.०७२÷ ०७३ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मित्रराज बरालबाट आर्थिक प्रतिवेदन एवं प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा समितिका संयोजक कृष्णप्रसाद पराजुलीबाट लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।  हाल समबृद्धि सहकारीमा २ सय ७१ जना शेयर सदस्य तथा २ करोड ४२ लाख ७१ हजार पाँचसय कुल पुँजी रहेको छ । आठौं साधारण सभामा ईश्वर प्रसाद सुवेदी, प्रजापति पराजुली, गजेन्द्रमान श्रेष्ठ, बसन्ती परियार, मुक्तिनाथ चालिसे, सम्मानित व्यक्तित्व टंकराज अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रमको संचालन सचिव विष्णुप्रसाद सुवेदीले गरेका थिए । बन्दसत्रका अवसरमा सहकारीको कर्मचारी सेवा नियमावली २०७२ पारित भएको छ भने आव २०७२÷०७३ का लागि ५७ लाख ४० हजारको आयव्यय पारित भएको छ । हाल सहकारीमा ३ करोड ५० लाख ७ सय पुँजी एवं सम्पत्ति रहेको छ ।
यसैगरी पोखरा ५ मालेपाटन स्थित कञ्चन बचत तथा ऋण सहकारी संस्था लि.को सातौंैं साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका सल्लाहकार हरु शेखर अधिकारी, उज्वल खत्री र उमानाथ बरालबाट संयुक्त रुपमा उद्घाटन भएको सो कार्यक्रममा वहाँहरुले छोटो समयमा सहकारीले आर्थिक क्षेत्रमा राम्रो प्रगति गरेको बताउँदै सहकार्यले नै सहकारी स्थापित हुने बताए । संस्थाका अध्यक्ष शिवप्रसाद अर्यालले ०७१÷ ०७२ को संस्थाको कार्यप्रगति र आगामी दिनमा सहकारीले अबलम्बन गर्नुपर्ने बाटोको बारेमा बोलेका थिए । कोषाध्यक्ष बसन्त कोइरालाले गत आ.व.को लेखा स्थितिबारे बोलेका थिए । सहकारी शेयर सदस्य द्वय खिम बहादुर नेपाली र राधा गिरीलाई आर्थिक कारोवारमा निरन्तर र अनुशासित भए वापत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्था उपाध्यक्ष बाबुराम बरालले स्वागत, सचिव विष्णुप्रसाद बरालले संचालन र संचालक सदस्य गायत्री भूत्र्यालले सहकारीका ७ सिद्धान्त पढेर सुनाएकी थिइन् । सहकारीको चुक्ता पुँजी झण्डै ३ करोड रहेको छ ।
यसैगरी सिद्धार्थ सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभा असोज २ गते शनिवार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत विजय प्रसाद लामिछानेले कार्यक्रम समुद्घाटन गरेका थिए । लामिछानेले सहकारी मार्फत मुलुकको आर्थिक विकास सम्भव भएको बताउँदै अहिले शहकारी संख्या देशका लागि बढी भएको भएपनि विकासोन्मुख देशहरुमा सहकारी संस्थाहरु धेरै हुने जानकारी गराए । संस्था महिला शेयर सदस्यहरुको तर्फबाट शशिकला पोख्रेल र पुरुष शेयर सदस्यहरुको तर्फबाट रामचन्द्र बगाले समेत मन्तब्य राखेका थिए । संस्थाका अध्यक्ष तीर्थलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोकर्ण कार्कीले स्वागत मन्तब्य र सुरेश बहादुर श्रेष्ठले सञ्चालन गरेका थिए । यसैगरी साधारणसभाले गोकर्ण कार्कीको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसमा निवर्तमान अध्यक्ष  तीर्थलाल श्रेष्ठ लेखा संयोजक सोमत बहादुर श्रेष्ठ, उपाध्यक्ष सुरेश बहादुर श्रेष्ठ, सचिव विष्णुकुमार श्रेष्ठ, कोषाध्यक्षमा निर्मला श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा कमल कार्की, गोबिन्द प्रसाद सिग्देल, शान्ति गुरुङ, माया प्रधान, श्याम प्रसाद साँखी, लेखा समिति सदस्य रुपनारायण भुजेल र विश्व कुमार प्रधान रहेको प्रबन्धक रोशनी श्रेष्ठले बताइन र्।
यसैगरी सहकारी डिभिजन कार्यालय पोखराका साहेक कार्यालय प्रमुख बालकृष्ण सुबेदीले सहकारीहरुले पुँजी वृद्धिका लागी मर्जरमा जानु पर्ने बताएका छन् । पामे बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै पुँजी वृद्धिका लागी बंैकहरुले जस्तै सहकारीले पनि मर्जरको नीति आवश्यक रहेको बताए । कार्यक्रममा गण्डकी विकास बैंक लेकसाइड शाखाका प्रबन्धक राजेन्द्र कोइरालले नयाँ सविधानमा सहकारीलाई तीन खम्बे अर्थ व्यवस्थामा राखेको बताए । सभामा भविष्य निर्माण सामुदायिक संघकी दुर्गा तिमिल्सिना, सर्वहित बचत तथा ऋण सहकारीका सस्थापक अध्यक्ष मित्रमणि तिमिल्सिना, संस्थाका उपाध्यक्ष नवराज पराजुली लगायतले शुभकामना दिएका थिए । पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश्वर दवाडीले सहकारीले न्यून आए भएकाको जीवन उकास्न सहयोगी भएको बताए । सहकारीको १ करोड १० लाख पुँजी, २ करोड ५९ लाख ऋण लागनी, २ करोड ३ लाख बचत र २ सय ७५ जना शेयर सदस्य रहेको अध्यक्ष दवाडीले जानकारी दिए ।
यसैगरी पोखरा–१६ लामाचौरमा अवस्थित महिमा बचत तथा ऋण सहकारी संस्था लि को तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सपन्न भयो । संस्थाका उपाध्यक्ष कृष्ण गुरुङ्गको सभाध्यक्षता तथा माननिय सभासद शारदा पौडेलको प्रमुख आतित्यमा सम्पन्न भयो । हिरा भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य गोबिन्द चापागाई राखेका थिए । कार्यंक्रममा सभासद् शारदा पौडेलले सहकारीलाई आर्थिक विकासको मेरुदण्ड पनि भन्ने र करको दायरा पनि बढाउँदै लैजाने सरकारको दोहोरो नीतिको खण्डन गरिन् । कोष तथा लेखा नियन्त्रक लोकनाथ गौतम, समाजसेवी पदमसिंह गुरुङ्ग, धर्ममान सिहं भण्डारी पुष्पेन्द्र पाण्डे, सञ्जय अधिकारी, नविन भण्डारी लगायतले बोलेका थिए । यसैबीच भेलाले आगामी तीन वर्षे कार्यकालको लागि  कृष्ण गुरुङ्गको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति, लेखा समिति र अन्य उपसमितिका पदाधिकारीहरु समेत चयन गरेको छ । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन उपसमितिका संयोजक एंव संस्थाका संरक्षक पुष्पेन्द्र पाण्डेले बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।
यसैगरी पोखराको छोरेपाटन स्थित इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लि. को आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा उद्घाटन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रीनाथ अधिकारीले सहकारीमा उत्पादन, प्रशोधन र बजारीकरण भएमात्र सम्बद्ध हुन सकिने बताए । कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष वरिष्ठ अधिवक्ता तिलक आचार्य, छोरेपाटन उच्च मावि अध्यक्ष टीकाराम पौडेल, गुप्तेश्वर गुफा अध्यक्ष विष्णुप्रसाद पौडेल, संस्थाका सल्लाहकार तीर्थराज अधिकारी, नीलगिरि सहकारी अध्यक्ष कालीदास पौडेल, गुप्तेश्वर सहकारी अध्यक्ष सीता बराल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुष्मा पौडेल, डेभिडफल टोल विकास अध्यक्ष दीपेन्द्र पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्था अध्यक्ष प्रवीण पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुँजी तीन करोड दुई लाख, निक्षेप साढे १० करोड र कर्जा लगानी नौ करोड ७८ लाख रहेको जनाए । कोषाध्यक्ष धर्मराज बरालले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । समारोहमा संस्थाका पूर्वअध्यक्ष लक्ष्मण बास्तोला, शिक्षा उपसमिति संयोजक डा. टंकराज अधिकारी, संस्थाका कार्यालय प्रमुख यमबहादुर पौडेललाई विभिन्न क्षेत्रमा योगदानको कदरस्वरुप सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व डा. टंकराज अधिकारी, शेयर सदस्य देवराज आचार्य, संस्था उपाध्यक्ष गोपाल पराजुली, सचिव सागर अधिकारी, संचालक सदस्य रंगिला आचार्यलगायतले बोलेका थिए ।
यसैगरी सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेड नदीपुरको सातौँ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले सहकारी संस्थाहरुको ध्यान अव गरिवी घटाउने तर्फ पुग्नु पर्ने वताए । संस्थाका अध्यक्ष अर्जुन प्रसाद नागिलाले कार्यक्षेत्र निकत भविष्यमा जिल्लाभर विस्तार हुुन गईरहेको बताए । कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष तारावहादुर घिमिरे, सल्लाहकारद्धय मेजर चन्द्रवहादुर पुन र रमेशकान्त अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष अजुर्नप्रसाद नागिलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हरिदत्त पराजुली, सहकारी सिद्धान्त वाचन शेयर सदस्य तिलक तिवारी, ऋण असुलीको प्रतिवेदन संयोजक कृष्णप्रसाद पराजुली, ऋण उपसमितिको प्रतिवेदन संयोजक रामजी थापा, सचिवको प्रतिवेदन तथा कार्यक्रम सञ्चालन विश्वामित्र सुवेदी तथा कोषाध्यक्षको प्रतिवेदन चित्रवहादुर श्रेष्ठले प्रश्तुत गरेका थिए । साधारणसभाको अवसरमा संस्थाका सल्लाहकार रमेशकान्त अधिकारी जिल्ला न्यायधिश पदमा नियुक्त भएकोमा सम्मानित गरिएको थियो ।
यसैगरी शैक्षिक समाज सहकारी संस्थाको १५औं साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य प्रभा कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा उनले सहकारी तपाई हाम्रो सहकार्यबाट चलाउनुपर्ने बताइन । स्वागत मन्तव्य सहसचिव लिला प्रसाद पराजुलीले कार्यक्रम को संचालन सचिव लिलाधर बरालले गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष लाल बहादुर श्रेष्ठ ले गरेका थिए ।

Post a Comment

 
Top