सहारा क्लवद्वारा स्थापना गरीएको सहारा एकेडेमी अक्षयकोषमा रकम आउने क्रम जारी छ । पछिल्लो क्रममा हङकङको गोर्खा इन्टरनेशनल फुटवल क्लवबाट ६९ हजार रुपैयाँ अक्षयकोषको लागि रकम प्राप्त भएको छ । सहारा हङकङको समन्वयमा उक्त रकम एकेडेमीमा आएको हो । त्यसैगरी पोखरा लामाचौरका प्रकाश गुरुङले अष्ट्रेलियाको सिड्नीबाट आफ्नी आमाको जन्म दिनको अवसमा सहारा एकेडेमीका वालकहरुलाई सहयोग स्वरुप १० हजार रुपैयाँ सहयोग गरेका छन् । भलिवल खेलाडी सन्जु पूर्जा मगरको समन्वयमा वालकहरुका लागि भोजनका लागि उक्त रकम आएको आएको हो । सहारा एकेडेमीको दिगो आयश्रोत नभएको कारणले गर्दा यसलाई जीवन्त राख्न पनि अक्षयकोष स्थापना गरीएको क्लवका अध्यक्ष वीरभद्र आचार्यले बताए । उनका अनुसार उक्त अक्षयकोषमा करिब ६० लाख रुपैयाँ आर्थिक संकलन भएको छ । दुई करोडको अक्षयकोष पु¥याउने क्लवले लक्ष्य राखेको छ । एकेडेमीमा हाल १५ जिल्लाका २६ जना बालकहरु रहेका छन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment