गोल्डेन न्यूज संवाददाता
शुक्रबारदेखि पोखरामा तीन दिने विशेष जाईजात्रे कार्यक्रम हुने भएको छ । हाँस्य सिरियल ‘हाक्का हाक्की’ का कलाकारहरुले तीन दिनसम्म पोखरेलीलाई हसाउँनेछन् । गाईजात्राको अवसर पारेर राष्ट्रियस्तरका कलाकारहरुले गर्न लागेको गाईजात्रे कार्यक्रम पोखरामा पहिलोपटक हो । ईरोज ईन्टरटेनमेन्टको आयोजनामा तीन दिने गाईजात्रे कार्यक्रम हुन लागेको हो । पोखराको सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा हुने गाईजात्रे कार्यक्रमलाई पोखरेली दर्शकले रुचाउने आयोजकले विश्वास लिएको छ । ‘यो एउटा प्याकेज खालको गाईजात्रे कार्यक्रम हुनेछ । कार्यक्रम हेर्न आउने दर्शकहरुले भरपुर मनोरञ्जन लिनेछन् ।’ हाक्का हाक्की गाईजात्रे कार्यक्रमका सँयोजक राम थापा भन्छन्–‘हाँस्य प्रहसनसँगै प्यारोडी गीत, नृत्य, हाँस्य कविता, लोकदोहोरी, जादु दर्शकले एकैठाऊँमा हेर्न पाउनेछन् । कार्यक्रम साढे दुई घण्टा अवधिको हुने आयोजकले जानकारी दिएको छ । दर्शकलाई हसाउँनका लागि दमन रुपाखेती, खेम शर्मा, कविता शर्मा, कमला अर्याल, राम थापा, उमेशकुमार केसी, मणिराज काफ्ले, प्रदिप सिलवाल, अजय रेग्मी, सुदिपबाबु खतिवडा, कुशलभ केसी लगायतका कलाकारहरु पोखरा आईपुगेका छन् । हर्के हवल्दारको नामले चर्चित कलाकार विष्णु सापकोटा पनि कार्यक्रमको विशेष आकर्षण रहने आयोजकले बताएको छ । महोत्सवमा कलाकार कविता शर्माले रिमिक्स गीतमा नृत्य गर्दैछिन् भने पोखराका स्थानीय कलाकारको नृत्यसमेत समावेश हुनेछ । कलाकार मणि काफ्लेको प्यारोडी गीत, राजन चौलागाईंको व्यंग्य कविता, जादुगर महादेव त्रिपाठीको जादुसमेत प्रस्तुत हुने कार्यक्रममा चर्चित तीज गीत ‘ढाडे बिरालो’ का गायक प्रकाश कटुवाल तथा चन्दा अर्यालले दोहोरी गीत सुनाउनेछन् ।
Post a Comment