गोल्डेन न्यूज संवाददाता
गाइजात्रा पर्वको अवसरमा गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता बागबजार पोखरामा हुने भएको छ । नेवा खल कास्कीको आह्वान तथा नेवाःकचाः पुच र नेवाःमिसाःपुच बागबजारको आयोजनामा “हाम्रो चाहना ः परम्परागत मौलिक संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको बताइन्छ । प्रतियोगितामा प्रथम, द्वित्तीय, तृतीय र सान्त्वना पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजक बागबजार कचा खलका अध्यक्ष एवम कार्यक्रम संयोजक सुविन्द्र श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । तायमचा नृत्य प्रतियोगितामा प्रथम हुनेले ३१ हजार १ सय रुपैयाँ र खसी, दोस्रो हुनेले २१ हजार १ सय रुपैयाँ र खसी र तृतीय हुनेले ११ हजार १ सय रुपैयाँ र कुखुराको भाले पुरस्कार पाउने बिहीबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलन मा जानकारी गराएको हो । प्रतियोगितामा सहभागी कलाकारहरु मध्ये उत्कृष्ट एकजना परी र एकजना जोकरलाई जनही १ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिने छ । बागबजारको खुला सडकमा महोत्सव अन्तर्गत भाद्र १९ गते विहान ८ वजेदेखि नै विभिन्न नेवारी परिकारहरु, नेवारी कला सँस्कृतिका झाँकी लगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सकिने छ । महोत्सव मूलतः तीन चरणमा आयोजना गरिने छ । प्रतियोगितामा पोखराका विभिन्न टोलका करिव २५ देखि ३० समूहले भाग लिने अपेक्षा आयोजकले लिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले सबै जातजातिको आ–आफ्नै संस्कार र संस्कृति हुने हँुदा ती संस्कार र संस्कृतिलाई स्वीकार गरेर अघि बढ्न सक्नु नै साम्प्रदायिक सद्भाव भएको स्पष्ट पारे । बताए । संस्कृतिबिद तथा नेवा खल कास्कीका उपाध्यक्ष तीर्थ श्रेष्ठले गाइजात्रा नेपालका विभिन्न जिल्ला र शहरहरुमा मनाउने चलन रहेतापनि पोखरामा भने अलि फरकरुपले यसको विकास भएको बताए । कार्यक्रममा गाइजात्रा महोत्सब मूलसमितिका महासचिव महेन्द्र श्रेष्ठ, मिसा पुच कास्कीका अध्यक्ष शान्ति उदास, महोत्सव मूल समितिका उपाध्यक्ष मिना प्रधान लगायतले आ–आफ्ना भनाइ राखेका थिए । नेवार समुदायमा कसैको मृत्यु भएमा त्यसैबर्ष जनैपूर्णिमाको भोलिपल्ट प्रतिपदाको दिन पितृ उद्धारार्थ मृत्यु हुने व्यक्तिको लुगा, गरगहनालाई सजिसजाउ गरी महिला भए गाई र पुरुष भए गोरुको कलात्मक मुकुण्डो बनाई वजार परिक्रमा गर्ने गरिन्छ । प्रारम्भ काठमाडौं उपत्यकाका तात्कालिन राजा प्रताप मल्लले पुत्र वियोगमा रहेकी आप्mनी रानीको मन वहलाउनका लागि गरेको बताइन्छ । कार्यक्रम सम्पन्न गर्नका लागि कचा खलका अध्यक्ष सुविन्द्र श्रेष्ठको अध्यक्षतामा विभिन्न उपसमिति गठन गरिएको छ ।
Post a Comment