0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा लेकभ्यालीको आयोजना तथा कन्या क्याम्पस, नदीपुरको सहकार्यमा आईतबार वृक्षरोपण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि तीर्थबहादुर बस्नेत तथा क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले अशोका र धुपीका विरुवा सार्दै कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा अशोका तथा धुपीका १८ विरुवा रोपिएको विरुवाहरुको संरक्षण क्लब तथा क्याम्पस दुवै मिलेर गर्ने प्रतिवद्धता क्लबका तर्फबाट सचिव राजेन्द्र कोईराला र क्याम्पस प्रमुख मानन्धरले गरेका क्लबका मिडिया संयोजक लायन रामप्रसाद गौतमले जानकारी दिए । लायन्स क्लब अफ पोखरा लेकभ्यालीका अध्यक्ष भगवान पहारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तीर्थबहादुर वस्नेत, क्याम्पस प्रमुख सुरेशकुमार मानन्धर, वृक्षरोपण कार्यक्रम संयोजक शंकर गिरी, सह–संयोजक सुभाष सुवेदी, संस्थापक अध्यक्ष राजेश पहारी, कोषाध्यक्ष तारानाथ पहारी, सचिव राजेन्द्र कोईरालाले शुभकामना व्यक्त गरेका थिए । यसैगरी लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याण्ड पोखराको आयोजनामा आईतबारदेखि पोखरामा चिल्ड्रेन्स डिग्निटी विक सुरु भएको छ । लायन ईन्टरनेशन्ल प्रेशिडेण्ट एवं जापानी नागरिक डाक्टर जित्सुहिरो यामदाको योजना अनुरुप सुरु भएको सो कार्यक्रम एक सातासम्म चल्ने छ । नेपालमै पहिलोपटक भएको उक्त कार्यक्रम अन्र्तगत बालबालिकाहरुलाई उनिहरुको समान अधिकारका लागि सचेतना जगाईने छ । त्यसैगरी लायनबादमा लागेका विभिन्न व्यक्तिका छोराछोरीहरुलाई लायनबादको बारेमा जानकारी गराईएको छ । कार्यक्रम अन्तर्गत आउँदो शनिबार बालबालिकालाई खेलको माध्यमबाट मनोरन्जन गराईने कार्यक्रम रहेको लायन्स क्लब अफ पोखरा हेल्पफूल ह्याण्डका कार्यक्रम संयोजक तथा क्लबका सचिव नर्वु योल्मोले जानकारी दिए । क्लबका अध्यक्ष डिवि विश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 



Post a Comment

 
Top