0
गोल्डेन न्यूज संवाददाता
नेपाली एफएम रेडियोमा कार्यरत रेडियो पत्रकार महिलाहरुको एक टोली भारतको दिल्ली प्रस्थान गर्दैछ । भारत स्थित नेपाली दुताबास, विपी कोइराला फाउण्डेशनको सहयोग तथा साउथ एसिया फाउण्डेशनको समन्वयमा नेपाल बाट ५ जना रेडियो पत्रकारहरुको टोली भारतको दिल्ली जान लागेको हो । रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीको नेतृत्वमा रेडियो तरङ्गका कार्यक्रम तथा समाचार प्रमुख रविना आले, सिद्धार्थ एफएम भैरहवाका समाचार प्रमुख उषा कडेँल भुषाल, रेडियो नेपालका समाचार सम्पादक सुम्मिता दवाडी र रेडियो सफलताका संवाददाता अन्जु बराल सहितको ५ सदस्यीय टोलीे सोमबार पोखराबाट जार्दैछ । दिल्ली र नोइडामा रहेका विभिन्न एफएम रेडियो तथा सञ्चारसँग सम्वन्धित शैक्षिक संस्थामा अवलोकन तथा अन्तत्र्रिmया गर्ने टोलीको नेतृत्वकर्ता तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले बताइन । टोलीले भारतको दिल्लीमा रहेको भारतस्थित नेपाली दुतावास, जागरण इन्स्टिच्युट अफ म्यानेजमेण्ट एण्ड मास कम्युनिकेशन, इण्डिया इन्स्टिच्युट अफ मास कम्युनिकेसन, साथै अपना रेडियो, प्लानेट रेडियो सिटी लगायतका रेडियोको अवलोकन सहित उत्पादित तथा प्रशारित कार्यक्रमको विषयमा छलफल गर्नेछ । नेपालमा संचालित स्थानीय रेडियोले कार्यक्रमको माध्यमबाट महिला सशक्तीकरण तथा समाज परिवर्तनमा महत्वपुर्ण योगदान पुर्याएको निष्कर्ष निकाल्दै साउथ एसिया फाउण्डेशनले भ्रमणका लागि पहल गरेको हो । साउथ एसिया फाउण्डेशनले नेपालका विभिन्न स्थानमा कृषिको माध्यमबाट महिला सशक्तिकरण तथा आर्थिक आयआर्जन साथै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । फाउण्डेशनले निकट भविष्यमै नेपालका ७ जिल्लामा सामुदायिक डेरी, सामुदायिक कृषि संस्थान संचालन गर्ने गरी काम अगाडि बढाएको छ । संस्थाले नेपाललाई सवल र आत्मनिर्भर बनाउन खेतीपाती र पशुपालनलाई वृहतरुपमा सहकारीको माध्यमबाट नेपाली महिला, युवा तथा विभिन्न क्षेत्रका नागरिकलाई उत्प्रेरित गरिरहेको छ । एक महिना अघि मात्रै साउथ एशिया फाउण्डेशन को प्रेरणामा पोखरामा सफलता महिला कृषि सहकारी संस्था स्थापना भएर काम सुरु गरेको छ । सहकारीको माध्यमबाट महिलाहरुले सामुहिक च्याउ खेती, सयपत्री फुल खेती लगायतका काम सुरु गरिसकेका छन्

Post a Comment

 
Top