0

गोल्डेन न्यूज संवाददाता
वातावरण मैत्री स्थानीय शासन कार्यक्रम जिविस र हरियाली पोखराले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरेको कास्की जिल्लाका विभिन्न ६ गा.वि.स.मा वातावरणमैत्री झोला वितरण कार्यक्रम अन्तर्गत बुधबार अन्तिम दिन कास्कीको रुपाकोट गा.वि.स.मा वातावरण मैत्री झोला वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि समाजसेवी गुरु बरालले प्लाष्टिक झोलाको विकल्पको रुपमा वातावरणमैत्री झोला प्रयोग गरी वातावरण प्रदूषण हुनबाट बचाउनुपर्ने बताए । कार्यक्रममा ९ सय वटा वातावरणमैत्री झोला गा.वि.स.का एक घर एक झोला अभियान मार्फत वितरण गरिएको हरियाली पोखराका अध्यक्ष एवं समाजसेवी गोविन्द लामिछानेले बताए । कार्यक्रममा गा.वि.स सचिव कुलप्रसाद पौडेल, नेकाका सभापति तुल बहादुर गुरुङ्ग, नेकपा एमालेका अध्यक्ष हर्क बहादुर खत्री, एकीकृत माओवादीका प्रतिनिधि, नेकपा–माओवादीका निलबहादुर गुरुङ्ग, राप्रपाका प्रतिनिधि सावुदिन मिया, वडा नागरिक मञ्चका प्रतिनिधि लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी विश्वराज पौडेल र कार्यक्रम संचालन संस्थाका कोषाध्यक्ष एवं समाजसेवी सुवास गौतमले गरेका थिए । कार्यक्रम अन्तर्गत कास्की जिल्लाका विभिन्न ६ गा.वि.स.हरु ढिकुरपोखरी, पुरुन्चौर, कालिका, धम्पुस, कास्कीकोट र रुपाकोटमा वातावरण मैत्री झोलाहरु वितरण गरिएको हो ।

Post a Comment

 
Top