गोल्डेन न्यूज संवाददाता
गण्डकी सामाजिक गुठी काठमाण्डौले समाजसेवी सोभियतबहादुर अधिकारीलाई समाजिक सम्मानबाट सम्मान गरेको छ । गुठीले सोमबार एक कार्यक्रमका वीच समाजसेवी अधिकारीलाई सम्मान गरेको हो । शिक्षा र समाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै अधिकारीलाई सम्मान गरिएको हो ।अधिकारीलाई प्रधानमन्त्रीका प्रशाशकिय सल्लाहकार वावुराम आचार्यले अभिनन्नदन पत्र र गण्डकी सामाजिक गुठीका अध्यक्ष कलाधर काफ्लेले दोसल्ला ओढाई सम्मान गरेका थिए । नेपाली काँग्रेस कास्कीका पूर्व सभापति समेत रहेका अधिकारी शिक्षा र समाजिक क्षेत्रमा अतुलनिय योगदान पु¥याउदै आएका छन् । अधिकारी कास्की क्षेत्र नं.३ वा संविधान सभा सदस्यको उमेदवार समेत बनेका थिए । गण्डकी समाजिक गुठीले हरेक वर्ष गण्डकी अञ्चल मध्येको एक जिल्लामा शिक्षा र सामाजिक क्षेत्रमा योगदन पु¥याउने व्यक्तिलाई सम्मान गर्दै आएको छ । त्यसैगरि कार्यक्रममा गण्डकी समाजिक गुठीले लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मी उच्च माविलाई पुस्तक समेत हस्तान्तरण गरेको छ । गुठीले छ लाख ४९ हजार छ सय साच रुपैयाको दूई हजार पाँच सय आठ वटा पुस्तक हस्तान्तरण गरेको हो ।कार्यक्रममा गण्डकी समाजिक गुठीका अध्यक्ष कलाधर काफ्ले इन्द्रराज्यलक्ष्मी उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष नेत्र वानियलाई उक्त पुस्तक हस्तान्तरण गरेका थिए । विद्यालयमा दिएका पुस्तकहरु मध्ये अधिकाँश विज्ञान र व्यवस्थापन संकायका पाठ्य पुस्तक तथा सन्दर्भ पुस्तकहरु र केहि धार्मिक, साहित्यिक, इतिहास, राजनितिका रहेका इन्द्रराज्य लक्ष्मी उच्च माविका प्राचार्य केशवप्रसाद अम्गाईले जानकारी दिए । कार्यक्रममा कवि गोष्ठी साथै इतिहास गोष्ठिको पनि आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानमन्त्रीका प्रशाशनिक सल्लाहकार वावुराम आचार्यले शिक्षाको क्षेत्रमका गुठीले महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंशा व्यक्त गरे । कार्यक्रममा सम्मानित व्यत्तित्व सोभियतबहादुर अधिकारीले समाजले आफूलाई थप जिम्वेवारी थपेको बताए । यो सम्मानले मलाई अझै निस्वार्थरुपमा समाजिक तथा शैक्षिक क्षेत्रमा काम गर्ने प्रेरणा मिलेको छ उनले भने–संस्थाले कास्की जिल्ला बाट मलाई छनोट गरेर सम्मान गरेकोमा हार्दिक धन्यवाद दिन चाहान्छु ।कार्यक्रममा प्रा.डा.टीकाराम अधिकारी, प्रा.डा.राजाराम सुवेदी, डा.वमबहादुर अधिकारी, इन्द्रराज्य लक्ष्मी उच्चमावि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्दबहादुर केसी, गण्डकी सामाजिक गुठीका महासचिव नारायणप्रसाद खनालले बोलेका थिए । गण्डकी सामाजिक गुठीका अध्यक्ष कलाधर काफ्लको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष दामोदर प्रसाद गैह्ेले स्वागत र सदस्य विजयराज न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।
Post a Comment