0
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्पपछिको पुनःनिर्माणलाई एकीकृत रूपमा अगाडि बढाउने योजनासहितको कार्यक्रम अगाडि बढाउने भएको छ । भूकम्पबाट क्षति भएका सडक, भोलुङ्गे पुल तथा स्थानीय सडकको स्तरोन्नति गर्ने र पुनःनिर्माणलाई बढावा दिने गरी कार्यक्रम अगाडि बढाउन लागेको हो । सो मन्त्रालयका सचिव डा सोमलाल सुवेदीले भूकम्प अगाडि तयार पारिएका योजनालाई परिवर्तन गरेर पुनःनिर्माणलाई बढावा दिने गरी कार्यक्रम तयार पारिएको बताए । क्षेत्रगत अवधारणाअनुरूप कार्यक्रम सञ्चालन गर्ने, ‘एक निर्वाचन क्षेत्र एक सडक पुल’ तथा एक जिल्ला एक राष्ट्रिूय कार्यक्रम लागू गर्ने नीति लिइने छ भने ‘एक गाउँ एक पोखरी, एक गाउँ एक उत्पादन’ जस्ता अभियानलाई पनि सशक्त रूपमा अगाडि बढाउने मन्त्रालयको योजना रहेको छ । प्रत्यक्ष रोजगारी सिर्जना गर्ने तथा गरिबी निवारणमा ठोस योगदान पु¥याउने कार्यक्रम तथा आयोजनालाई प्राथमिकताका साथ सञ्चालन गर्ने लक्ष्य राखेको मन्त्रालयले भूकम्पपछिको पुनःनिर्माण तथा स्थानीय स्रोत तथा साधनको परिचालनलाई पनि विशेष जोड दिने भएको छ । सचिव सुवेदीका अनुसार स्थानीय निकायलाई बलियो र प्रभावकारी नबनाउँदासम्म विकासको प्रतिफल पु¥याउन नसकिने भएकाले गरिबी निवारण तथा रोजगारीमूूलक कार्यक्रम अगाडि बढाउन लागिएको हो । भूकम्पले भत्काएका स्थानीयस्तरका सडक निर्माणमा एकद्वार प्रणाली अवलम्बन गरिने, स्थानीय पुल र सडक सञ्जाल निर्माण कार्य क्षेत्रमा पर्ने बारेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग मिलेर काम गर्ने मन्त्रालयको योजना बनाएको छ । नगर क्षेत्रको भू(उपयोग योजना र नगर यातायात गुरु योजना तयार पार्ने प्रक्रियालाई पनि निरन्तरता दिने, लैङ्गिकमैत्री बजेट तर्जुमालाई स्थानीयकरण गर्ने कार्य आरम्भ गरिनेछ । यस्तै स्थानीय पूर्वाधार विकास नीति २०६१ अनुसार स्थानीय यातायात प्रणाली, फोहरमैला व्यवस्थापन, खानेपानी सरसफाइ, साना सिँचाइ तथा नदी नियन्त्रण, लघु जलविद्युत्, वैकल्पिक ऊर्जा, आवास भवन तथा सहरी विकास र सामाजिक पूर्वाधार विकासमा पनि विशेष जोड दिइने मन्त्रालयको भनाइ छ ।  सो मन्त्रालयका सहसचिव एवम् प्रवक्ता पूर्णचन्द्र भट्टराई प्राथमिकतामा रहेका आयोजना र विकास प्रक्रियालाई कायम राख्दै भूकम्पपछिको पुनःनिर्माण तथा आवश्यक व्यवस्थाका लागि थप तयारी गर्नुपर्ने बताउँछन् । सो मन्त्रालयले हालसम्म आठ हजार ४६९ किलोमिटर सडक मर्मत तथा सम्भार भइसकेको छ चालु आवमा भने २५९ किलोमिटर सडक कालोपत्र गरिएको छ । एघार हजार ७२ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ भने तीन हजार ७९७ किलोमिटर सडक ग्राभेल सम्पन्न गरिएको छ ।

Post a Comment

 
Top